अर्घाखाँचीमा मसाल निकट महिला संघको सातौं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न

गोपाल भट्टराई 
सन्धिखर्क, अर्घाखाँची फागुन २४  । अखिल नेपाल महिला संघ केन्द्रिय अध्यक्ष मिना पुनले निर्मला पन्तको बलात्कार र हत्या काण्डमा सरकारकै मान्छे रहेको दाबी गर्नुभएको छ ।
घटनाको सत्य तथ्य छानविन गरि दोषिलाई कार्वाही गर्न एसियामै अब्बल कहलिएको प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन नसकेको होइन अध्यक्ष पुनले भन्नुभयो,त्यस घटनामा सरकारकै नजिकको मान्छे मुछिएको छ त्यसैले दोषिलाई कार्बाहीको दायरामा ल्याउन सरकार आफै आनाकानी गरिहेको छ।
उहांले अगाडि थप्नुभयो, सरकारले चायो भने घटनाको दोषिलाई बाहिर ल्याउन सक्दछ । नेकपा मसाल निकट अनेम संघ अर्घाखाँचीको सातौं जिल्ला सम्मेलनको आज सन्धिखर्कमा उद्घाटन गर्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो । पूर्व सभाषद समेत रहनुभएकी उहांले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको बारेमा प्रष्ट पार्दै ८ मार्चलाई क्रान्तिकारी आन्दोलनको रुपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ ।नेपालका हरेक परिवर्तनमा महिलाको अमुल्य योगदान हुंदाहुंदैपनि महिलाहरुको अवस्था कहाली लाग्दो हुनु विडम्बना भएको बताउनुभएको छ ।
संविधानमा भएका व्यवस्थाको व्यबहारिक कार्यान्वयन नभए सम्म आम शोषित पिडित वर्गको जिवन स्तर उठन नसक्ने भन्दै अध्यक्ष पुनले अधिकार प्राप्तीको निम्ती शषक्त आवाज बुलन्द गर्न आवहन गर्नुभएको छ ।
अनेम संघ जिल्ला अध्यक्ष कल्पना पोख्रेलको अध्यक्षता,कोषाध्यक्ष मिना वि.सी.को स्वागत मन्तव्य र सचिव सकुन्तला रानाको संचालनमा सम्पन्न उदघाटन शत्रमा राष्ट्रिय जनमोर्चाका नेताहरु शेर बहादुर वि.सी., झविलाल थापा, जिल्ला अध्यक्ष थम्मन के.सी. लगायतले पनि मन्तव्य राख्दै सम्मेलन सफलताको शुभकामना दिनुभएको छ ।
सम्मेलनले नयां नेतृत्व र नयां कार्यक्रम चयन गर्दै सकिने आयोजकले जनाएको छ। 

अन्य समाचारहरु