अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची फागुन २४ । शितगंगा नगरपालिकाको श्री ज्योति भविश्वर क्याम्पस ठाडामा शितगंगा शैक्षिक तथा पर्यटन प्रबर्द्धन एव धार्मिक महोत्सव शुरु भएको छ ।
महोत्सवको नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री रायमाझीले गरेका थिए । ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडालाई गुणस्तरीय शिक्षामा स्तर वृद्धि स्तर वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको महोत्सवको आज कलस यात्रा सहित नगर परिक्रमा गरि दसौं हजारौं नगरवासी ,शिक्षक,शिक्षिका प्रअ,विद्यार्थी, पत्रकार ,सुरक्षाकर्मी ,राजनीति दलका प्रतिनिधि ,भक्तजन लगायत सम्पूर्ण धर्म अनुरागीहरुको उपस्थिति रहेको थियो।
पूर्व प्रधानमन्त्री टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्धघाटन समारोहमा प्रदेश नं५का प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता,नगर प्रमुख सूर्यप्रसाद अधिकारी ,उप प्रमुख टीका रेष्मी,जिल्ला प्रहरी कार्यलयका प्रमुख नवराज मल्ल ,नगर कार्यकारी प्रमुख माधव बन्जाडे,महिला सञ्जालकि अध्यक्ष भगवता बेल्बासे,जिल्ला तथा नगरपालिकाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख ,सितगंगा नगरपालिकाका वार्ड नं.१देखि १४ सम्मका वार्ड अध्यक्षहरु ,वार्ड सदस्यहरुको आतिथ्यता क्याम्पस प्रमुख विष्णुप्रसाद भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको काशीनाथ आचार्यद्वारा सञ्चालन गरिएको थियोे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले सुरुवाती चरणमा २० लाखको घोषणा गर्दै क्याम्पसको भवन निर्माण गर्न सम्पूर्ण जिम्मा लिने र यो अभियान जागरणको अभियान भएको हुँदा सम्पूर्ण बुबाआमा दाजुभाइ दिदीबहिनी तथा धर्म अनुरागी मनको साथ आवश्यक रहेको बताए । त्यस्तै प्रदेश सभा सदस्य रामजी घिमिरेले पनि सहयोग गर्ने प्रतिबद्धता छ र नगर प्रमुखले १लाख र उप प्रमुखद्वारा २ महिनाको पारिश्रमिक दिने घोषणा गरिएको छ। ज्योति भबिश्वर बहुमुखी क्याम्पस ठाडालाई गुणस्तरीय शिक्षामा स्तर वृद्धि स्तर वृद्धि गर्ने उद्देश्यले महोत्सव लागिएको हो ।

यहि फाल्गुन २४ गते देखि चैत्र ०१ सम्म महोत्सवमा कथा वाचन तथा भजन कृतन हुने रहेको छ। ।सितगङ्गा शैक्षिक तथा पर्यटन प्रबर्द्धन एव धार्मिक महोत्सव मुल समारोह समिती महोत्सवकोआयोजकमा रहेको छ भने महोत्सवको संरक्षकमा शितगंगा नगरपालिका रहेको छ ।शैक्षिक क्रान्तिका अभियन्ता ईश्वरशरण महाराज ज्यूको सङ्कल्प साथै पुज्य संजेल जी महाराज ज्यूको प्रमुख बाचकत्व रहने छ । ज्योती भबिश्वर क्याम्पसको स्तर वृद्धि तथा सितगङ्गा नगरपालिका भित्रमा रहेका धार्मिक एव पर्यटन क्षेत्रहरू बिकास एव प्रचार प्रासारमा सहयोग पुगोस भन्ने उद्देश्यलेले धार्मिक महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
महोत्सव ठाडाको सानादहमा फाल्गुन २४ गते देखि चैत्र ०१ गते देखि सम्म सन्चालन भइरहेको अर्घाखाँची शितगङ्गा शैक्षिक तथा पर्यटन प्रबर्द्धन एवं धार्मिक महोत्सव २०७५ मा सम्पुर्ण आमा बुवा दाजुभाई तथा दिदीबहिनी लगायत समस्तलाई धर्म अनुरागीहरुलाई उपस्थितभैइ शैक्षिक तथा पर्यटन प्रबर्द्धन एव धार्मिक महोत्सवलाई सफल पारी पूण्य प्राप्ति गर्न सम्पुर्णमा आयोजकले अनुरोध गरेको छ।