अर्घाखाँचीडट्कम संवाददाता
फलाम खिल्ली, अर्घाखाँची फागुन २४ । अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिका वार्ड नं ४ धारापानीको फलाम खिल्लीमा पहिलो पटक बस पुगेको छ ।
धारापानीको फलाम खिल्ली नेपाल टोलामा पहिलो पटक बस पुगेको हो ।
फलाम खिल्ली नेपाल टोलामा पहिलो पटक बस पुगेपछि स्थानीयबासीहरु हर्षित भएका थिए । उनिहरुले पहिलो पटक पुग्ने बसलाई फुलमाला, अविर लगाई भव्य स्वागत गरेका थिए ।
यहाँ मोटरबाटो खनेको लामो समय हुँदा पनि बस अहिलेसम्म पुगेको थिएन् । उता यहाँका केही ठाउँमा अझै पनि बिजुली पुगेको छैन् भने खानेपानीको समस्या उस्तै छ ।