पाणिनीको दुर्गाफाटमा मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत तालिम सम्पन्न

प्रकासित मिती: २२ फागुन २०७५ 
प्रेमनारायण आचार्य
दुर्गाफाट २२ फागुन । गाँउमै मेलमिलापकर्ता उत्पादन गर्न अर्घाखाँचीको पाणिनी गाँउपालिका दुर्गाफाटमा मेलमिलाप सम्बन्धि ८ दिने आधारभुत तालिम सम्पन्न भएको छ । 
स्थानीय सरकारमा आउने मुद्धाहरुलाइ ग्रामीण तहमै मेलमिलापकर्ताको माध्यमबाट दुबै तर्फको जीत हुने गरि मेलमिलाप गराउनकालागि तालिमको आयोजना गरिएको गाँउ पालिकाका अध्यक्ष अच्युत गौतमले बताउनु भयो । 
तालिममा  एक वडाका चार जनाका दरले पाणिनि गाँउपालिकामा रहेका ८ वटा वडाका ३२ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागी भएकाहरुले सामान्य झैझगडा गाँउमै मिलाउने छन । गाँउमा मिलाउन नसकेका मुद्धा मात्र पालिकाको न्यायीक समितिमा पठाउने छन । 
स्थानीय सरकारको न्यायीक समितिमा आउने मुद्धाहरुलाइ स्थानीय स्तरमै मेलमिलाप गरि गाँउमा शान्ती सुरक्षा र समझदारीता कायम गरि शान्तीपुर्ण गाँउको निर्माण गर्न तालिम सञ्चालन गरिएको गाँउपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिको संयोजक लक्ष्मी गौतमले बताउनु भयो । 
पाणिनि गाँउपालिकामा गत बर्ष १४ मुद्धाहरु न्यायीक समितिमा दर्ता भएको र जस मध्ये १२ मुद्धा मेलमिलापको माध्यमबाट मिलाइएको र २ वटा मुद्धा मात्र अदालत पठाइएको उपाध्यक्ष गौतमको भनाइ छ । यस बर्ष पनि १० मुद्धा मेलमिलापको माध्यमबाट मिलाइएको छ । २ मुद्धा अदालत पठाइएको छ । 
तालिमको समापन समारोहमा पाणिनि गाँउ पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थी, समन्वय कर्ता भानुभक्त रिजाल, सहभागीको तर्फबाट इन्द्रमणि घिमिरे , लगायतले मन्तब्य राखेका थिए ।  कार्यक्रम राम कुमार भटराइको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु