(२०७५ फाल्गुन २५, शनिवार)
अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाजकाे तृतिय अधिवेशन साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमामा समाजका अध्यक्ष एवं नेपाल सरकारका भाैतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिब मधुसूदन अधिकारीकाे अध्यक्षतामा, कृषि तथा पसुपन्छी बिकास मन्त्री चक्रपाणी खनाल बलदेबकाे प्रमुख अतिथि र पम्फा भुषाल, चन्द्रबहादुर खडका उज्ज्वल सहित अर्घाखाँची जन्मिएर यस संस्थामा आबद्द पुर्वसचिबहरू, सहसचिब, न्यायाधीशहरू, प्राध्यापक तथा बिभिन्न सेवा समूह एव बिभिन्न तहका अधिकृतहरू सहित २०० बढी सहभागी रहेको थियो । यस्तै संस्थाले भविष्यमा सबैलाई समेटिने गरि बिधान संसाेधन सहित नयाँ कार्यसमिति समेत तय गरेकाे छ ।
बसन्त श्रेष्ठ ‘छापेली’
काठमाडौं (अर्घाखाँचीडट्कम संवाददाता ) फागुन २६। अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाजको साधारण सभा तथा वनभोजक कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ ।
अर्घाखाँची जिल्लामा जन्म भई सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको साझा समाज अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाजको तेस्रो साधारणसभा, दोस्रो अधिवेशन तथा वनभोज कार्यक्रम एकैसाथ सम्पन्न भएको हो ।
कार्यक्रममा अर्घाखाँची जिल्लामै जन्मिनु भएका कृषि तथा पशुपन्छी विकास मन्त्री चन्द्रप्रकाश खनाल ‘बलदेव’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अथिति खनालले अर्घाखाँची जिल्लाले निजामती क्षेत्रमा नमुना जिल्लाको रुपमा पहिचान दिदै आएको बताउनुभयो । उहाँले सबै कर्मचारीहरुलाई एकजुट भएर जिल्लाको समृद्धिका निम्ति लाग्न शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य पम्फा भुसाल र राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्वललले अर्घाखाँची जिल्लालाई मुलुकभर कतृब्य निष्ट कर्मचारीहरु पहिचान रहदै आएको भन्दै उहाँले कर्मचारी देशको स्थायी सरकार भएको उल्लेख गर्नुभयो ।
समाजमा नयाँ नेतृत्व, नाम परिवर्तन

अधिवेशनवाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको अध्यक्षतामा विभिन्न क्षेत्रवाट प्रतिनिधित्व हुने गरी दुई कार्यकालका लागी २३ सदस्यीय कार्यसमितीको गठन गरिएको छ । उक्त अधिवेशनवाट ‘अर्घाखाँची राष्ट्रसेवक अधिकृत समाज’को नाम ‘अर्घाखाँची राष्ट्रसेवक समाज’ मा परिवर्तन गर्नेगरी संशोधन सहित विधान पारित गरिएको छ । हालसम्म उक्त संस्थामा अधिकृत स्तरको राष्ट्रसेवक मात्र सदस्य वन्न सक्ने प्रावधान भएकोमा अवदेखि सवै स्तर र तहका राष्ट्रसेवक कर्मचारी समाजको सदस्य वन्न पाउने भएका समाजका सचिव बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो ।
कार्यक्रममा २९ जना सर्जकहरूको लेख रचनावाट तयार पारिएको ’अर्घाखाँची चक्षु’ नामक स्मारिका समेत विमोचन गरिएको छ । सोही अवसरमा पदोन्नति हुने र बिद्यावारिधि गर्ने ४२ व्यक्तिलाइ वधाई सहित सम्मान गरिएको थियो ।
कार्यक्रम समाजका अध्यक्ष तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीको अध्यक्षता, समाजका सचिव तथा अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्बासेको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विभिन्न तहका भण्डै २ सय राष्ट्रसेवकहरूको विशेष उपस्थीति रहेको थियो ।