पाली खरीबोटकाे सुपादेउराली मन्दिर प्रचार-प्रसार नहुँदा ओझेलमा

दिपक भुसाल 
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रदेश ५ काे पहाडी  जिल्ला अर्घाखाँचीकाे  पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पाली खरीबोटमा रहेकाे चर्चित धार्मिकस्थल सुपादेउराली मन्दिर पछील्लो समय प्रचार-प्रसार नहुँदा ओझेलमा  परेको छ । 
 २०४७ सालमा स्थापना भएको  यस मन्दिरमा भाकल गरे मनाेकामन पूरा हुने जनबिश्वास  रहेको छ । सालझण्डी -ढाेरपाटन बाटाे भन्दा  १०० मिटर तल रहेकने यस मन्दिरले  जिल्लाकै राम्रो  पर्यटनकिय सभावना बाेकेकाे भएपनि  अहिलेका जनप्रतिनिधिको र व्यवस्थापना  समितिकाे बेवास्ताले  गर्दा ओझेल परेको हो । 
कुनै समय भाैतिक र आर्थिक रुपामा सम्पन्न यस मन्दिर व्यवस्थापना  समितिकाे भित्रकाे बिवात र आर्थिक हिनामिननाले गर्दा अहिले  तहस् नअस् हुने अबस्थामा पुगेकाे छ ।
आर्थिक हिनामिना र बिवादकाे कारण लामाे समय देखि  समिति पनि  निष्क्रिय जस्तै छ।  दैनिक पुजा हुने यस  मन्दिरमा दसैकाे बेला  दैनिक ५-७ वटा बली चड्ने यस मन्दिरमा अर्घाखाँची  जिल्लाका मात्र नभएर छिमेकी जिल्ला गुल्मी, पाल्पा, कपिलवस्तुबाट पनि भक्तजनहरु मनकामना पूरा हुने विश्वासले आउने गर्छन् । 

अन्य समाचारहरु