अर्घाखाँचीमा जापानीज भाषा पढ्नेको आर्कषण बढ्दो

अर्घाखाँची डटकम संवाददाता
अर्घाखाँची ।  रोजगारीका लागि धरै गन्तब्य मध्ये अहिले जापानीज भाष भाषा सिकाई प्रति धेरैको चासो बढ्न थालेको छ । अध्ययनका लागि जान मिल्ने  जापानमा अब देखि भाषा परीक्षा मार्फत जानका पाइने व्यवस्था गरेसँगै यतिवेला अर्घाखाँची जिल्लामा पनि भाषा सिक्नेको जमात बढुन थालेको छ । 
जिल्लामा रहेका युवाहरुलाई जिल्लामै कम लगानीमा भाजानिज भाषा सिकाउने उद्देश्यका साथ  भाषा कक्षा सञ्चालन गरेको हिरोमी एजुकेश्नल फाउण्डेशनका सञ्चालन केशव भुसालले जानकारी दिनुभयो । अहिले फाण्डेशनमा दैनिक ४० भन्दा बढिले जापानजीज भाषा सिकी रहेका छन् । 
उहाँले शुल्कमा पढाउँने,जसरी हुन्छ बिध्यार्थीहरुलाई पास गराउँने उदेश्य राख्ने, बिपन्न बर्गका परिवारलाई छुट समेत दिने व्यवस्था गरिएको बताउनुभयो । उहाँले अझ पनि नयाँ बिद्यार्थीहरुलाई छुट्टै कक्षा सञ्चालन गरी अध्यापन गराउने व्यवस्था मिलाइएको बताउनुभयो ।

अन्य समाचारहरु