कमला पोख्रेल
सन्धिखर्क, अर्घाखाँची २६ फागुन । अर्घाखाँचीको सन्धिखर्कमा स्थानीय दलित महिला जनप्रतिनिधिहरुको काम , कर्तब्य, अधिकार र नेतृत्व विकास सम्बन्धि ३ दिने तालिम आज देखि सुरु भएको छ ।
तालिममा सन्धिखर्क नगरपालिका, छत्रदेव गाँउ पालिका र मालारानी गाँउपालिकाका दलित महिला जन प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
नेपाल दलित उत्थान संघको आयोजना र एफइएस नेपालको सहयोगमा सुरु भएको ३ दिने तालिमको उद्धाटन जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले व्यानर वाचन गरेर गर्नु भएको थियो ।
उद्धाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा , सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार विक, मालारानी गाँउ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेव गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, मालारानी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासिननी, छत्रदेव गाँउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वदेव न्यौपाने, पत्रकार महासंघका प्रदेस सदस्य प्रेमनारायण आचार्य, अधिबक्ता पवित्रा राउत लगायतले मन्तब्य राख्नु भएको थियो ।
तालिमको उद्धाटन कार्यक्रम नेपाल दलित उत्थान संघका अध्यक्ष कमल विश्वकर्माको अध्यक्षता र नारायण खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।