सागर महत
चुत्रावेशी, अर्घाखाँची फागुन २७ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदमुकाम सन्धिखर्क चुत्रावेसीमा भुसाल मासु सप्लायर्सले पहिलो पटक अत्याधुनीक मेसिनद्दारा कुखुराको क्लिन (सफा) मेसिन संचालनमा आएको छ ।
भूमिकास्थान नगरपालिका वार्ड नं. १० का मदन भुसालले सन्धिखर्क नगरपालिका वार्ड नं २ शान्तिनगर चुत्रावेसीमा जिल्लामै पहिलो पटक अत्याधुनीक मेसिनद्दारा कुखुराको क्लिन गरिने मेसिन संचालनमा ल्याएका हुन् ।
३ बर्ष देखि सदमुकाम सन्धिखर्कको चुत्रावेसीमा भुसाल मासु सप्लायर्सले मासु सप्लायर्स गर्दै आएको छ । साथै करिब ५ लाख लगानीमा संचालनमा आएको मेशिनले २ मिनेटमा ६ वटा कुखुरा क्लिन गर्ने भुसालले अर्घाखाँचीडट्कमलाई जानकारी दिए ।