सरकारले नेकपा (विप्लव समूह) माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने, चन्दा आतंकसहित आपराधिक क्रियाकलाप गरेकोले अब विप्लव समूहलाई कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा वार्ताबाट भागेको सरकारको आरोप छ। कान्तिपुरमा समाचार छ ।