अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पर्यटकीय स्थल नरपानीमा विपि स्मृति पार्ककाे शिलान्यास भएको छ ।
विपि स्मृति पार्कको शिलान्यास नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए ।
शिलान्यास कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्यहरु मान बहादुर बिस्वकर्मा, रेवति प्रसाद भुसाल, पुस्पा भुसाल लगायत कांग्रेस जिल्लाका नेताहरूकाे उपस्थिति रहेको थियो ।
ठाडाको शैक्षिक तथा धार्मिक महोत्सव सहभागीता
उता यस अघि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, काङ्ग्रेसका केन्द्रिय सदस्यहरु मान बहादुर बिस्वकर्मा, रेवति प्रसाद भुसाल, पुस्पा भुसाल लगायतका नेताहरुको ज्योति बहुमुखी क्याम्पस सितगङा नगरपालिका ठाडा अर्घाखाँचीमा संचालित शैक्षिक तथा धार्मिक महोत्सव सहभागीता रहेको थियो ।