माधव खनाल
ढाकावाङ, अर्घाखाँची फागुन २९ । बाल शिक्षा माध्यमिक बिधालय भुमिकास्थान १ ढाकावाङ साम्नेगाउँको आयोजनामा बिगत ५ बर्ष देखि अध्यापन गराइ आउनुभएका शिक्षक हिमाल खनाललाई बिधालयले आज एक कार्यक्रमका बिच बिदाइ गरेको छ ।
भुमिकास्थान १ का वडाअध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यता रहेको बिदाइ कार्यक्रममा बिदाइ मन्तव्य दिनेहरुमा भोजराज खनाल शिक्षिका बिमला पोख्रेल शिक्षक चेतबहादुर थापा बिधालयका प्रधानध्यापक हिमलाल खनाल र बिदाइ लिने शिक्षक हिमाल खनाल लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम बिधालय बिधालय व्यावस्थापन समितिका अध्यक्ष कासिराम गमालको अध्यक्षता र शिक्षक लक्ष्मण खनालको सञ्चालन रहेको थियो ।