अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस निकट नेपाल महिला संघ अर्घाखाँचीको सन्धिखर्कमा कार्यकर्तासँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
महिला संघ अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली काङ्ग्रेसका युवा नेता गगन कुमार थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मान बहादुर विक, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य दिपक गिरी, पुर्व केन्द्रीय सदस्य रेवति प्रसाद भुसाल, नेता डाक्टर राम बहादुर बिसी, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान, पुर्व सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापतिहरु केसब राज कुवर, अच्युत गौतम, महासमिति सदस्य सुर्य प्रसाद अधिकारी, केसब श्रेष्ठ, डाक्टर जय बहादुर टन्डन, यादव घिमिरे, पुर्व उपसभापति श्याम नाथ घिमिरे लगायतको उपस्थिती थियो ।
कार्यक्रम जिल्ला सभापति शान्ता भन्डारीको अध्यक्षता सचिब सगिता बेल्बासेको सन्चालन सरिता अर्यालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियोे ।
यस्तै नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश बिग्रन थालेको बताएका छन् । उनले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए ।
महिला संघले सन्धिखर्कमा राखेको कार्यकर्तासँगको भेटघाटमा संघीय सांसद थापाले संसदमा विपक्षी दल कांग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल भएको बताए । उनले देशलाई बचाइराख्न अब कांग्रेसले सशक्त भूमिका खेल्ने बताए ।
‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो,’ उनले भने, ‘अहिले ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे ।’ ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानासा बन्नतर्फ लागेको उनले दाबी गरे । ‘ओली सरकार चलाउन असफल भैसके,’ उनले भने ।