अर्घाखाँचीडट्कम संवाददाता
स्यालेबजार, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को स्यालेबजार माथि झिल्केडाँडामा शिवालय मन्दिरकाे शिलान्यास भएको छ ।
स्यालेबजार माथि झिल्केडाँडामा निर्माण हुने शिवालय मन्दिरकाे शिलान्यास नगरउपप्रमुख ठाकुर कुमार बिकले गरेका थिए ।
शिवालय मन्दिर सन्धिखर्क नगरपालिकाको १ लाख रुपैयाको बजेटमा निर्माण हुँदैछ ।