नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले आव्हान गरेको नेपाल बन्दका कारण अर्घाखाँची जिल्लाकोे जनजीवन बिहानैदेखि पुर्णरुपमा प्रभावित बनेको छ । बन्दका कारण बिहानै देखि सदरमुकाम सन्धिखर्क भएर चल्ने लामो तथा छोटो दुरीका यातायात सञ्चालनमा आएका छैनन् । बन्दका कारण सदरमुकाम सन्धिखर्क लगायत जिल्लाका ६ वटै पालीकाहरुको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सयौं यात्रु बीच बाटो मै अलपत्र परेका छन । बन्दले बजार,उद्योग कलकारखानामा पुर्णरुपमा प्रभाव परेपनि सामुदायीक बिद्यालयमा सन्चालीत अन्तीम परीक्षा भने निर्वाध रुपमा सञ्चालन भएको शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख मनीराम पराजुलीले जानकारी दिनुभयो ।
लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची ३० फाल्गुन । अर्घाखाँचीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव परेको छ ।
सरकारले प्रतिबन्ध लगाएसंगै आक्रामक बनेको नेकपाले पूर्वघोषित संघर्षका कार्यक्रम अनुरुप आज नेपाल बन्दको घोषणा गरेको हो । बन्दका कारण छोंटो दुरीका गाडी फाट्फुट चलेपनी लामो दुरीका गाडी चलेका छैनन । बन्दका कारण सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभरको व्यवसाय र पठनपाठन पनी प्रभावित भएको छ ।
हिंजो प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले बन्द कार्यक्रममा असहयोग गर्नेलाई भौतिक कारबाही गर्ने चेतावनी दिएको थियो ।
बिप्लप नेकपा अर्घाखाँचीका जिल्ला इन्चार्ज कमल केसीले प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाबासीलाई आफ्ना बन्द लगायत पूर्वघोषित संघर्षका कार्यक्रमलाई सहयोग गर्न अनुरोध पनी गर्नुभएको छ ।
यसैबिच विप्लप समुहको बन्दलाई मध्यनजर गर्दै अर्घाखाँचीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ठाउँठाउँमा गस्ति खटाउने, कुनै खतरा हुनासाथ प्रहरी तुरुन्त उपस्थित हुनेगरी व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको हो ।