प्रेम खड्का
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको नुवाकोटको सिउँडेनीको जंगलमा लगेको भीषण आगलागी नियन्त्रणमा आएको छ ।
सिउँडेनीको राजुका पाटा मुनिको जंगलमा बिहीवार साँझ करिब ८ बजे देखि आगो लागेको थियो । नजिकका गाउँमा कुनै क्षति भएको छैन् । आगलागी स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र इलाका प्रहरी कार्यालय खिल्जीबाट दमकल सहित प्रहरी घटनास्थल पुगेको थियो ।
आगलागीको कारण खुल्न सकेको छैन् ।