अर्घाखाँची जुकेना संपर्क समाज रुपन्देहीको रक्तदान कार्यक्रम सम्पन्न

प्रकासित मिती: २०७५ चैत्र २  शनिबार

बिष्णु पौडेल 
बुटवल, २ चैत । अर्घाखाँची जुकेना संपर्क समाज रुपन्देहीले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
संपर्क समाजका अध्यक्ष नुमेन्द्र पौडेलको अध्यक्षयतामा भएको कार्यक्रमको संयोजन गोपाल पौडेलले गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा बोल्दै संपर्क समाजका अध्यक्ष पौडेलले रगतको अभाबमा कसैको पनि मृत्यु नहोस भनेर समाजले रक्तदान गरेको बताउनु भयो । ब्लड बैक बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ५६ पोइन्ट ब्लड जम्मा भएको थियो । 
२०७० मा स्थापना भएको रुपन्देही संपर्क समाजले २०७३ देखि प्रत्येक वर्षको चैत्र २ गते ब्लड बैक बुटवलमा रक्तदान गर्दै आएको छ । कार्यक्रमको सञ्चालन समाजको उपाध्यक्ष विष्णु पौडेलले गर्नु भएको थियो ।
यसैबिच संपर्क समाजले यहि चैत ९ गते साबिकको जुकेना गाबिस हालको सितंगगा नगरपालिकाको वडा नं. ५ र ६ मा निःशुल्क स्वास्थ सिबिर गर्न लागेको समाजका कार्य समिति सदस्य गोपाल पौडेलले बताउनु भयो । उक्त स्वास्थय सिबिर फिजिसियन डा.महोहर जोसीको नेतृत्बमा हुने समेत सदस्य पौडेलले बताउनु भयो ।

अन्य समाचारहरु