सन्धिखर्कमा नेपाल चेम्बर अफ कमर्श जिल्ला शाखा अर्घाखाँचीकाे बैठक सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
 सन्धिखर्क, अर्घाखाँची  चैत्र ३ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल चेम्बर अफ कमर्श जिल्ला शाखा अर्घाखाँचीकाे बैठक  सम्पन्न भएकाे छ । 
जिल्ला अध्यक्ष अशाेक कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न वैठकले सदरमुकाम रहेकाे नगरपालिकामा नगर समिति नरहने केन्द्रिय सर्कुलर बमाेजिम सन्धिखर्क नगर समितिलाई जिल्ला समितिसंग समायाेजन गर्न पहल गर्ने निर्णय गरेकाे छ ।
वैठकले नयाँ बर्ष २०७६ काे अवसरमा बार्षिक पात्राे प्रकाशन गर्नकाे लागि बरिष्ठ उपाध्यक्ष मुम बहादुर सेजवालकाे संयाेजकत्वमा लिलाधर बस्याल, प्रकाश बस्नेत, रामकुमार श्रेष्ठ र हरिप्रसाद भुसाल सदस्य रहेकाे सम्पादन समिति समेत गठन गरेकाे छ । 
त्यस्तै बैठकले सदस्यता बिस्तारलाई अभियानका रुपमा अगाडि बढाउने निर्णय समेत गरेकाे जिल्ला सदस्य हरिप्रसाद भुसालले जानकारी दिनुभएकाे छ ।

अन्य समाचारहरु