भ्रष्ट सन्धिखर्क नगरपालिकाका प्रतिनिधिहरुले बलेबाङ बनभोजका नाम दुरुपयोग गर्न लागेको लाखौं रुपैया वडाअध्यक्ष खड्काले बचाँए

अर्घाखाँचीडट्कम संवाददाता 
बलेबाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भ्रष्ट नगरपालिकाका नाम परिचित सन्धिखर्क नगरपालिकाका प्रतिनिधि र कर्मचारीहरुले व्यापक विरोधका बिच शनिबार वाङ्लाको बलेबाङमा बनभोज कार्यक्रम गरेका छन् ।
कन्टीजेन्सीको रकमवाट नगरपालिकाका कर्मचारी सहित बनभोज जाने तयारी गरिरहेको बेला वार्ड नम्बर १२ का वडाअध्यक्ष नारायण खड्काले विरोध जनाएपछि सन्धिखर्क नगरपालिका जनप्रतिनिधिहरु आँफै पैसा उठाई बनभोज कार्यक्रम गरेका हुन् ।
वडाध्यक्ष नारायण खडकाले सामाजिक सञ्चालमा सार्वजनिक गरेपछि नगरपालिकाको पैसामा रजाई गर्न संभव नभएपछि आँफै रकम संकलन गरेर बनभोज गएका थिए । 
ठुलो आर्थिक हिनमिना गरेको समाचार आईरहेको बेला सन्धिखर्क नगरपालिकाले गरेको बनभोज कार्यक्रमको सामाजिक संजालहरुमा व्यापक विरोध भईरहेका छन् । उता वार्ड नम्बर १२ का वडाअध्यक्ष नारायण खड्काले लाखौंरुपैयाको कर दुरुपयोग हुनवाट बचाँए भन्दै उनको देश विदेशबाट प्रशंसा गरिएको छ । यस्तै अध्यक्ष खड्काले कुनै कार्यक्रममा भत्ता बुझेमा सुरक्षित राख्ने र ५-७ हजार भएपछि गरिव तथा असाहयहरुलाई बाँडने गर्दछन् ।  
      
सन्धिखर्क नगरपालिका जनप्रतिनिधिहरुको आयोजना गरेको बनभोज कार्यक्रममा लाखौं रुपैयाको दुरुपयोग गर्न नपाएपछि अन्तत ७८ हजार एकआपसमा संकलन गरी बनभोज गईछाडेका छन् । बनभोजका लागि १-कमल प्रसाद भुसाल रु-६०००। २-ठाकुर कुमार वि.क.रु-६०००। ३-युवराज बन्जाडे रु-६०००। ४-मोतीजङ्ग रायमाझी रु-६०००। ५-कृष्ण प्रसाद श्रेष्ठ रु-६०००। ६-राजेन्द्रप्रसाद भुसाल रु-६०००। ७-कृष्ण आचार्य रु-६०००। ८-पृतम बहादुर थापा रु-६०००। ९-ईश्वरीप्रसाद भुसाल रु-६०००। १०-लक्ष्मीनारायण चुदाँली -६०००। ११-धुर्वराज आचार्य -६०००। १२-मान वहादुर सुनार-४०००। १३-यमकला थापा -२०००। १४-बशन्ता थापा -२०००। १५-सिर्जना बि.क.-२०००। १६-रुपा बि.क.-२०००। जम्मा रकम -७८००० संकलन गरेका थिए । 
कर्मचारीहरुले बाहेक प्राय सबै कार्यक्रमका तस्बिर मिनेट मिनेटमा फेसबूकमा पोस्ट गर्ने जनप्रतिनिधिहरुले बनभोज कार्यक्रमका तस्बिर भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् । 

अन्य समाचारहरु