विक्रम पाण्डे
ठाडा, अर्घाखाँची चैत्र ०४। स्पाईनल कर्ड ईन्जुरीका कारण बिगत ११ महिना देखि बिरामी परेका अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १२ डिभर्ना ठुटेपिपल निवासी ४१ बर्षीय मोहन प्रसाद श्रेष्ठको आज निधन भएको छ ।
११ महिना पहिला घाँस काट्ने क्रममा बिडुल्नाको बोटबाट लडेर उनी ओछ्यानमा थला परेका थिए । हिडडुल गर्न समेत नसक्ने अवस्थामा पुगेका मोहनको कम्मर देखि तलको भागले काम गर्दैनथ्यो । स्पाईनल कर्ड ईन्जुरीको कारण उनी यसरी थला परेका थिए ।
पटक पटक उपचार गराउदा पनि निको हुन नसकेको मोहन श्रेष्ठको कम्मर देखि तलको भागमा ठुला ठुला घाउ समेत बनेका थिए । लाखौं खर्च गर्दा पनि निको हुन सकेन आज भाईले हामीलाई छोडेर गयो , आखाभरी आँसु लिएर उनका दाई नारायण श्रेष्ठले भने , गत फाल्गुन ६ गते बुबाले सन्सार छोडेर जानू भयो । आज भाईले छोडेर गयो ।
बिरामी मोहन ओछ्यानमा छटपटाईरहेका बेला गत फाल्गुन ६ गते उनका बुबा ७८ बर्षीय जिबलाल श्रेष्ठको निधन भएको थियो । परीवारमा पिडामा फेरी अर्को पिडा थपिएको छ । परिवार यतिबेला शोकमा छ । मोहनले आफ्नै बुवाको काजकिरिया गर्न समेत सकेका थिएनन् ।
यसैबिच मोहनको उपचारको निम्ति भनी संकलन भएको आर्थिक रकम सोमबार बिहान हस्तान्तरण गर्न पुग्दा मोहन श्रेष्ठको निधन भएको थियो । पत्रकारद्वय बिक्रम पाण्डे र वसन्त श्रेष्ठ तथा शिक्षक महेन्द्र श्रेष्ठको संयुक्त पहलमा समाजिक संजालद्वारा संकलन गरिएको आर्थिक रकम सोमबार बिहान हस्तान्तरण गर्न पुग्दा मोहन श्रेष्ठको निधन भैसकेको थियो । उता मोहन श्रेष्ठकि श्रीमती र बालबच्चा यतिबेला घर परीवारमा नभएको र घरको आर्थिक स्थिति कमजोर रहेकोले मोहनको दाहसंस्कार तथा पुण्य तिथी राम्रो सङ्ग गरीदिनुहुन भन्दै संकलन भएको नगद रु ५०,६७६ मोहनका दाजु नारायण श्रेष्ठलाई प्रदान गरिएको छ ।
मोहन श्रेष्ठको दाहसंस्कारको लागि वाङ्ग्ला मधुरा लगिएको छ ।