सन्धिखर्कमा अंग्रेजी माध्यमको शिक्षा, इ हाजिरी अनिवार्य

सागर परियार
 चैत्र ५ अर्घाखाँची – सामुदायिक बिद्यालयको दिगोपना तथा शैक्षिक गुणस्तरका निम्ति अंग्रेजी माध्यमको शिक्षाको नीतिगत व्यवस्था गर्न सन्धिखर्क नगरपालिकामा पहल गर्ने स्थानीय सभाले निर्णय गरेको छ । 
पारष्परिक जवाफदेहिता अन्र्तगत स्थानीय सभाको बैठकले बिद्यालयमा बिद्यार्थीहरुलाई व्यवहारिक शिक्षाको लागि अंग्रेजी माध्यमको शिक्षा जरुरी रहेका कारण साँझेदारी मञ्चमा छलफल गराउने निर्णय गरिएको वडाध्यक्ष तथा स्थानीय सभाका संयोजक धुर्वराज आचार्यले जानकारी दिनुभयो ।
सामुदायिक बिद्यालयमा आम नागरिकको जनविश्वास बढाउन जरुरी रहेको भन्दै बिद्युतीय हाजिरीको व्यवस्था आवश्यक रहेको सन्धिखर्क नगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष नारायण खड्काले बताउनुभयो । उहाँले वडा तहमा सुशासन अभिबृद्धिका गर्न गुनासो सुन्ने प्रणालीलाई व्यवस्थित बनाउने बताउनुभयो ।
डिभर्नामा भएको बैठकमा वडा नम्बर ११ मा बर्थिङ्ग सेन्टर र १२ मा स्वास्थ्य इकाई स्थापनाका लागि पहल गर्ने निर्णय भएको हो । एकीकृत ग्रामीण विकास समाजले जिल्लामा सुशासन, जवापदेहिता र पारदर्शीताको क्षेत्रमा पैरवी गर्दै आएको संस्थाका जिल्लाका जिल्ला अध्यक्ष हृदयकुमार भुसालले जानकारी दिनुभयो । कार्यक्रमको संस्थाका बसन्त श्रेष्ठ र सागर परियारले सहजीकरण गर्नुभएको थियो ।

अन्य समाचारहरु