खनदह गुहेलीमा २ वटा सकेट बम भेटियो, सेनाद्दारा डिस्पोज

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ३ गहेलीमा द्धन्दकालमा राखिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजर टोलिले डिस्पोज गरेको छ । ओडारमा संकास्पत बस्तु रहेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी गर्दा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उक्त सकेट बम द्धन्दकालमा छाडिएको र खियालागेको अबस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिनु भयो । ‘ जिल्लाका अन्य स्थानमा संकास्पद बस्तु खियाँ लागेको अबस्थामा देखीए पनि नेपाल प्रहरीलार्ई खबर गर्न आग्रह गर्दछु । प्रहरीले संकास्पद स्थानहरुमा सर्च अभियान समेत सञ्चालन गरेको छ । 

’लक्ष्मण घिमिरे 
खनदह, अर्घाखाँची ६ चैत्र । अर्घाखाँचीको मालारानी गाउँपालिकामा २ वटा सकेट बम भेटिएको छ । 
मालारानीको वडा नम्बर-३ खनदह गुहेली भन्ने ठाउँमा बम भेटिएको हो । २ वटा सकेट बम भेटिएको र नेपालीसेनाको टोलीले सुरक्षित ठाँउमा लगेर पड्काएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । 
गुफामा शंकास्पद बस्तु रहेको भनेर स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको र  सुचनाका आधारमा खोज्दा २ वटा सकेट बम भेटिएको तथा त्यसलाई सुरक्षित स्थानमा लगेर पड्काईएको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।
प्रहरी नायव निरिक्षक घर्तिका अनुसार भेटिएका सकेट बम अहिलेका नभई, द्वन्दकालमै लुकाएर राखिएको पुरानो बम रहेको अनुसन्धानमा पत्ता लागेको हो । 
उक्त सकेट बम द्धन्दकालमा छाडिएको र खियालागेको अबस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले  जानकारी दिनुभयो । जिल्लाभर कुनै पनि स्थानमा  शंकास्पद बस्तु देखीए  नेपाल प्रहरीलार्ई खबर गर्न समेत उहाँले आग्रह गर्नु भएको छ । बम पड्काउँदा ठुलो आवाज आएको थियो । खनदह बजार र आसपासका क्षेत्रमा केहीबेर खैलाबैला मच्चिएको थियो ।

अन्य समाचारहरु