श्याम घिमिरे
सन्धिखर्क, चैत्र ४ अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अवैध हातहतियार तथा खरखजना ३५ दिनभित्र नजिकैको प्रहरि चौकी, जिल्ला प्रहरि कार्यालय र नेपाली सेनाको ब्यारेकमा बुझाउन आग्रह गरेको छ ।
कानुन बमोजिम दिनुपर्ने इजाजत नलिई वा इजाजत नविकरण नगराई वा इजाजत प्राप्त व्यतिmको मृत्यु पश्चात हकवालाको नाममा नामसारि नगराई जुनसुकै तरिकाले नेपाल राज्य भित्र कोहि कसैले हातहरियार र खरखजाना राखेको भए सूचना प्रकाशित भएको ३५ दिन भित्र बुझाउन सूचना जारी गरिएको छ ।
गृहमन्त्रालयले चैत्र १ गते प्रकाशित गरेको सूचना अनुसार अर्घाखाँचीमा हातहतियार र खरखजाना वुझाउन आग्रह गरेको हो । समयमै हातहतियार बुझाएमा कुनै कानुनी कारबाही नहुने र तोकिएको अवधिमा नबुझाए त्यस्ता व्यक्ति उपर प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लव समूहका हिंसात्मक गतिविधी बढेको र सुरक्षा चुनौति देखिएपछी अवैध हातहतियार ३५ दिन भित्र बुझाउन प्रशासनले आग्रह गरेको हो ।