श्याम घिमिरे
सन्धिखर्क, चैत्र ५ अर्घाखाँची – प्रबासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वदेशको लागि भन्ने मुल नारालाई आत्म साथ गर्दै बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई आफ्नो हकहित र अधिकारका लागि एक जुट गराउने उद्धेश्यले देशब्यापी रुपमा रिटर्नी माइग्रेन्ट नेपाल गठन भैरहेको छ ।
यसै सिलसिलामा अर्घाखाँचीमा पनि यहि चैत्र ९ गते शनिबारका दिन होटल साथी प्राली सन्धिखर्कमा सम्मेलनको आयोजना गरिएको सम्मेलन आयोजक समितिका अध्यक्ष वसन्त केसिले जानकारी दिनुभएको छ ।
सम्मेलन तयारिको लागि जिल्लाका सबै पालिकाहरुमा भेला तथा भेटघाट कार्यक्रम तिब्र पारिएको सम्मेलन आयोजक समितिका सचीव राजेन्द्र जिसिले बताउनु भयो । संगठनले सनिबारको कार्यक्रममा उपस्थितहुन सबैलाई आग्रह समेत गरेको छ ।