अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची २०७५चैत्र ८ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अर्घाखाँचीका साहित्यकारहरू एउटै थलोमा अर्घाखाँचीमा लुम्बिनी वाङ्ममय प्रतिष्ठानको शाखा पुनर्गठन भएको छ । सन्धिखर्क अालाेक पुस्तकालयमा बसेकाे जिल्लाका साहित्यानुरागीहरूको एक भेलाले पिताम्बर बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती चयन गरेको हो ।
जिल्लामा क्रियाशील पाणिनी साहित्यिक प्रतिष्ठान र अर्घाखाँची फाउण्डेसनसमेत समाहित हुनेगरी प्रतिष्ठानको नयाँ कार्यसमिती पुनर्गठन भएको हो । जसको उपाध्यक्षमा लीलामणि ढुङ्गाना, सचिव जेबी दर्लामी, सहसचिव तिर्थराज आचार्य, कोषाध्यक्ष मन्जु घिमिरे र सदस्यहरूमा राम वसु, चोपनारायण बन्जाडे, कमल पोख्रेल, वसन्त श्रेष्ठ छापेली गोपाल भट्टराई र सीता श्रेष्ठ चयन हुनुभएको छ ।
त्यसैगरी प्रतिष्ठानको ६ सदस्यीय सल्लाहकार समितिमा माधवराज चुदाली, बुद्धिराम गैरे, विष्णुप्रसाद बस्याल, कुलचन्द्र मरासिनी, हरीप्रसाद भुसाल र सीता बन्जाडे रहनुभएको छ ।
भेलामा पाणिनी साहित्यिक प्रतिष्ठानका अध्यक्ष माधवराज चुदालीले सबै साहित्यिक संस्थाहरू एक भएर जानुपर्ने आजको आवश्यकता औल्याउदै युवा पिढीलाई नेतृत्व हस्तान्तरण गर्न पाएकोमा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो ।
त्यसैगरी अर्घाखाँची फाउन्डेसनका अध्यक्ष बुद्धिराम गैरेले एउटै उद्देश्य प्राप्तिका निम्ति सबै साहित्यिक संस्थाहरू एकजूट हुनुको विकल्प नभएको औल्याउनुभयो ।
प्रतिष्ठानको आगामी बैठक यही चैत्र १५ गते बस्ने र उक्त बैठकमा अन्य कार्ययोजना तय गर्ने निर्णय गरिनुका साथै वार्षिक साहित्यिक पत्रिका पाणिनी लाई निरन्तरता दिनेसमेत निर्णय भएको छ ।
लुम्बिनी वाङ्ममय प्रतिष्ठानका केन्द्रीय सदस्य हिम जि.सी. लेकाली को प्रमुख आतिथ्यता तथा अग्रज साहित्यकार विष्णुप्रसाद बस्यालको अध्यक्षता र माधवराज चुदालीको सन्चालनमा सम्पन्न भेलामा सहभागी सबैले आआफ्ना धारणा राख्नुभएको थियो ।