अशोक खनाल
असुरकोट, अर्घाखाँची । चौतारी लघुबित्य बित्तिय सस्था लि. को आयोजनामा अर्घाखाँची को भुमिकास्थान नगरपालिका ५ को जनप्रीय माबी असुरकोट मा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भुमिकास्थान नगर पालिका प्रमुख रेशम थापा को प्रमुख आथित्यता मा सप्पन्न कार्यक्रम मा सस्थाका सन्चालक पुस्पराज ढकाल ,कार्यकारी प्रमुख लक्ष्मण घिमिरे कार्यपालिका सदस्य लक्ष्मी बिक वडा अध्यक्ष तुल्सीराम बेल्बासे जनप्रीय माबी का निमित्त प्रअ फर्शुराम बेल्बासे , समाजसेबी राम प्रसाद बेल्बासे साना किसान सहकारी खिल्ली का उपाध्यक्ष गोपाल प्रसाद बेल्बासे लगायत को उपस्थित रहेको थियो ।
सस्थाका अध्यक्ष जगत बहादुर पोख्रेल को अध्यक्षता मा शुरु भएको कार्यक्रम मा मन्तब्य राख्दै कार्यक्रम का प्रमुख अतीथि थापा ले भन्नू भयो यस नगरपालिका मा अहिले सम्म कुनै पनि बैंक ,क्याम्पस हस्पिटल नआइरहेको अबस्थामा यश चौतारी लघुबित ल्याइ सन्चालन गराउनु भएको मा धन्यवाद ज्ञापन गर्दै यश नगरपालिका का १० वटै वाडा हरु मा सेबा सन्चालन गर्न आग्रह समेत गर्नु भयो ।
कार्यक्रम मा वडा अध्यक्ष तुल्सिराम बेल्बासे समाजसेबि राम प्रसाद बेल्बासे , साना किसान सहकारी खिल्ली का उपाध्यक्ष गोपाल बेल्बासे स्थानीय दामोदर बेल्बासे ले सस्थाको बारे मा खुलेरै प्रशंसा गरेका थिए ।
२०७२ मंसिर देखि संचालन मा आएको यो सस्था को कुल पुजि १ अर्ब २५ करोड रहेको छ भने यसका ५७ शाखा र ४० हजार सदस्य रहेको सस्थाका निरीक्षक बिमल खनाल ले बताउनु भएको छ।
अन्तरक्रिया कार्यक्रम को सहजीकरण सस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे ले गर्नु भएको थियो ।
कार्यक्रम मा सस्था का अध्यक्ष तथा आज को अन्तरक्रीया कार्यक्रम का अध्यक्ष जगत बहादुर पोख्रेल ले भन्नू भयो हाम्रो सस्था नाफा कमाउने उदेश्य ले मात्र नभइ समाज सेबा गर्ने उदेश्य ले सन्चालन गरि रहेको पनि दाबा गर्दै मन मिले के हुदैन र भन्दै आफै गित गाएर दर्शक र सहभागी हरु लाई नचाउनु भएको थियोे ।
कार्यक्रम खिल्ली शाखा कि प्रमुख सबिता बिसि को स्वागत मन्तब्य र सस्थाका निरीक्षक बिमल खनाल को सन्चालन मा सम्पन्न भएको थियो ।