( प्रकासित मिती: २०७५ चैत्र ९, शनिवार)
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को आयोजनामा अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
सहभागी तथा बिजयी खेलाडीहरुलाई नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले पुरस्कार बितरण गरेका थिए । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने, वार्ड अध्यक्ष १ का युवराज बन्जाडे, १२ का अध्यक्ष नारायण खड्का जिल्ला खेलकुद ब्यबसायी समितिका अध्यक्ष सिद्दि प्रसाद भुसाल लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा ६० जनाले भाग लिएका थिए भने १३ जना विजता भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई करुवा, खसी लगायतका पुरस्कार राखिएको थियो ।