श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची चैत्र १० (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सेवा निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक आईतबार सम्पन्न भएको छ ।
जिबनको उर्बर एवं सिर्जनशिल समयलाई राष्ट्रसेवाको काममा ब्यतित गरि सेवा निबृत्त भएपछि आफ्नो अनुभव र दक्षताले भरिएको बाँकी समयलाई समेत सदुपयोग गरि समाज र राष्ट्रसेवामा योगदान पु¥याउने उद्देश्यले खोलिएको समाजको बैठकले आगामी बैशाख १४ गते सनिबारको दिन सन्धिखर्कमा समाज बिकासमा निवृत्त राष्ट्र सेबक समाजको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
समाजका जिल्ला अध्यक्ष बिष्णु भुसालको अध्यक्षता, सचिब कमल प्रसाद घिमिरेको सन्चालन र सन्धिखर्क नगर अध्यक्ष सुर्य भुसालको सहजीकरणमा सम्पन्न बैठकमा केन्द्रीय सह–अध्यक्ष पिताम्बर बन्जाडे, केन्द्रीय सदस्य बिष्णु आचार्य लगायतको बिशेष आतिथ्यता रहेको थियो ।