अर्घाखाँचीडट्कम
धारापानी, अर्घाखाँची चैत्र १० (अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरुनै अहिले संघियताबाट दिक्क भइसकेको राजमो नेताहरुले दाबी गरेका छन् ।
हिजो भारतिय डिजाईनमा ल्याएको संघियताले नेपाल र नेपालीमा बिखण्डन ल्याउछ भन्दा हामीलाई खिल्ली उडाउनेहरु अहिले संघियताको सुरुवाती नतिजा बाटै अघाइसकेको राजमो नेतनहरुले बताएका छन । राष्ट्रिय जनमोर्चा भुमिकास्थान ३ को अर्घाखाँची जिल्लाको धारापानी रातामाटामा आज आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
दण्डमणी भुसालको अध्यक्षता,नारायण प्रसाद भुसालको स्वागत मन्तव्य र सरिता भुसालको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापा,नेता सागर के.सी.,जिल्ला सचिव बाबुराम पन्थी, अन्टुक जिल्ला सचिव इन्द्रमणी भुसाल र शिक्षक प्रतिनिधि कुलराज भुसाल लगायतले मन्तव्य राख्दै मुलुकमा संघियता टिके नेपाल रहन नसक्ने जिकिर गरेका थिए ।
भेलाले रिखिराम बन्जाडेको अध्यक्षतामा २१ सदस्यीय राजमो टोल समिति गठन गरेको छ । जसको उपाध्यक्षमा तुल्सीराम वेल्वासे,सचिव बसन्ता पौडेल,सह–सचिव लोक प्रसाद भुसाल र कोषाध्यक्षमा विष्णु प्रसाद भुसाल चयन भएका छन । यस्तै सोही भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा २९ सदस्यिय अखिल नेपाल युवक संघ,कल्पना बन्जाडेको अध्यक्षतामा ३१ सदस्यीय अनेम संघ र डाँसीराम भुसालको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकको टोल समिति गठन गरेको समाचारमा जनाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सम्झाउँदा पनि नलागेपछि नियन्त्रण गर्न लागेको बताउनु भएको छ । आजको संसद बैठकमा प्रधानमन्त्रीले विप्लव समूहका विध्वंसात्मक क्रियाकलापमा प्रतिबन्ध लगाउनु परेको जानकारी दिनुभयो । ‘विप्लव’ भनेर चिनिने समूहलाई सरकार र आफूले पनि कैयौँ पल्ट आग्रह गरेको सम्झँदै विप्लवमाथि लगाइएको प्रतिबन्धको विरोध भइरहेकोमा पनि असन्तुष्टि जनाउनुभयो । दर्ता र ठेगाना नभएको समूहका क्रियाकलाप अपराधिक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्झाउँदा नलागेपछि राज्यले नियन्त्रण गर्न लागिएको धारणा राख्नुभयो । नियन्त्रणको अभियानबाट सरकार पछाडि नफर्कने उहाँको भनाइ छ ।