ढिकुराको गैरागोठ – झेस्केमा बस सेवा शुभारम्भ (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
झेस्के, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९  साविक ढिकुरा ३ को चौतारा गैरागोठ – झेस्केमा बस सेवा शुभारम्भ भएको छ । 
 गैरागोठ – झेस्केको नयाँ मोटरबाटोमा  पहिलोपल्ट बस पुग्दा स्थानियबासी हर्षित भएका थिए । स्थानिय युवा बस ब्यबसायी रुद्र गैरेले आफ्नै गाडीबाट उदघाटन गरेका थिए ।
ब्यबसायी रुद्र गैरेसँगै भुमिकास्थान नगरपालिका ९ का वार्ड अध्यक्ष नारायण खनालले रिवन काटेर बस सेवा शुभारम्भ गरेका थिए ।    सो अवसरमा स्थानियबासीहरुले फुलमाला, अविर लगाईदिएर स्वागत गरेका थिए ।  

अन्य समाचारहरु