( प्रकासित मिती: २०७५ चैत्र ९, शनिवार)
श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । रिटर्नी माईग्रेंट नेपाल अर्घाखाँचीको प्रथम जिल्ला अधिबेशन अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्लाका ६ वटै पालिकाहरुबाट प्रतिनिधित्व रहेका सम्मेलनले बसन्त केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समितिको सर्बसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा राम प्रसाद गैरे, सचिव राजेन्द्र जिसी , सह-सचिव मित्रमणी मिश्र र कोषाध्यक्षमा झनक खत्री रहनु भएको छ ।
समितिको सदस्यहरुमा राजु अधिकारी, कुलराज खनाल, तारा चौहान, सोमित शाही, बलराम भुसाल, हिमाल भुसाल, बिष्णु पन्थी, फर्सुराम न्यौपाने, दर्गाप्रसाद अधिकारी, बिनोद न्यौपाने, कृष्ण भाट, प्रेम क्षेत्री चयन हुनुभएको छ, यस्तै सम्मेलनले नारायण गौतम, गिरिराज खनाल, प्रेम थापा, आचार्य र नारायण प्रसाद खनाललाई सल्लाहकारमा चयन गरेकाे छ ।
सम्मेलनको प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले एक कार्यक्रमको बिच उद्घाटन गर्नु भएको थियाे । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै घिमिरेले ठगेर कमाउने र भ्रष्टचार गर्ने ब्यक्ती सम्मानीत हुने तर पसीना बगाएर कमाउने ब्यक्ति सधैभरी अपहेलीत हुनुपर्ने प्रचलन रहेसम्म देशको समृद्धि हुन नसक्ने बताउनु भयो । दलालहरु सम्मानीत हुदै हिडेको तर श्रमगरेर खानेहरु सिर नुगाई हिड्नु परेको भन्दै घिमिरेले श्रमप्रति सम्मान नगर्नेले देशको बिकास गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो । मुलुकमा राजनितिक क्रान्ति सकिएको बताउदै घिमिरेले अबको आबश्यकता औधोगिक क्रान्ति र कृषि क्रान्तिको भएकोले त्यसै अनुरुप अगाडी बढ्नुपर्नेमा सबैलाई आग्रह गर्नुभयो ।

रिटर्नी माइगं्रेट नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले आफुहरु राज्यको निति र कार्यक्रम संग, संगै हिड्न चाहेको बताउनु भयो । अधिकारीले वैदेशिक रोजगारमा रहदा राज्यको निम्ती पु¥याएको योगदानको घर फर्किदा कदर नभएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । राज्यले लिएको आर्थिक समृद्धिको नारालाई सार्थक पार्न रिटर्नीहरुको सिप र क्षमतालाई परिचालन गर्नुपर्नेमा अधिकारीले जोड दिनुभयो । सम्मेलन आयोजक समितिका संयोजक बसन्त केसीको अध्यक्षता,रामप्रसाद गैरेको स्वागत मनतब्य र राजेन्द्र जिसीको सन्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, मालारानी गाउँपालीका उपाध्यक्ष प्रमिला क्षेत्री, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, राजमो प्रतिनिधि यमलाल पोख्रेल, संघिय समाजबादी फोरमका नेत्र बहादुर थापा मगर, नयाँशक्ति पार्टीका पुष्करनाथ आचार्य, बिबेकशिल साझा पार्टीका हरी प्रसाद भुसाल, अर्घाखाँची उद्योग बाणीज्य संघका अध्यक्ष युबराज श्रेष्ठ, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष अशोक कुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली लगायतले मन्तव्य राख्दै सबै युबाहरुलाई देश बिकासमा लाग्न आग्रह गर्नु भएको थियो ।

प्रबासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वदेशको लागि भन्ने मुल नारालाई आत्म साथ गर्दे बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई आफ्नो हकहित र अधिकारका लागि एक जुट गराउने उद्धेश्यले देशब्यापी रुपमा रिटर्नी माइग्रेन्ट नेपाल गठन भैरहेको छ ।