प्रकासित मिती: २०७५ चैत्र ८, शुक्रवार
अर्घाखाँचीडट्कम संवाददाता
कतार । “प्रवासमा अर्घाखाँची बासी एक हौ, नेपाली समाजका लागि केहिगरौं” भन्ने मूल नारा लिएर सन २००६ मा स्थापना भएको अर्घाखाँची सेवा समाज कतारको चौथो साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न चौथो साधारणसभाबाट समाजले टेकराज थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समाजका अध्यक्ष ठाकुर कुमार परियारको सभापतित्व तथा एनआर एनए आइसीसी मानार्थ सदस्य नरेन्द्र भाट प्रमुख अतिथि रहेका थिए । NRNA ICC मानार्थ परिषद सदस्य कमलमणी गुरागाई, NRNA ICC मानार्थ परिषद सदस्य विल बहादुर गुरुङ, NRNA ICC सदस्य विमल सुदेदी, NRNA ICC सदस्य कुमार कार्की, NRNA NCC अध्यक्ष नविन पोख्ररेल, प्रवासी नेपाली एकता मन्च कतारका उपाध्यक्ष द्रोण बस्नेत, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, समाजसेवी सागर नेपाल, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्श मियाँ लगायत विशेष अतिथि रहेका थिए ।

त्यस्तै अतिथिहरुमा प्रदेश नम्बर ५ समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डे, पाल्पाली सेवा समाजका अध्यक्ष इश्वर काफ्ले, गुल्मी सेवा समाजका अध्यक्ष झविन्द्र आर्चाय, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्ली राम भट्टराई, प्युठान सेवा समाजका अध्यक्ष बलदेव राना, दाङ्ग देउखुरी सेवा समाजका महासचिव मिन राज पुन, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोरखा सेवा समाजका अध्यक्ष रामजी खत्री, लगायत कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक संघ-सस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिवि, पत्रकार, कलाकार लगायत अर्घाखाँची बासी तथा गैर अर्घाखाँची बासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा व्यानर अनावरण तथा दिप प्रज्वलन गरी विधिवत रुपमा कार्यक्रम उद्घाटन गरिएको थियो । सस्थाका उपाध्यक्ष केदार भुसालले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा समाजले गरेको कार्य प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र भाट लगायत विभिन्न वक्ताहरुले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विभिन्न वक्ताहरुले समाजले स्थापना काल देखी नै सामाजिक, नैतिक, भौतिक जस्तो कार्यमा सधै अग्रसर रही जिल्ला बासि मात्र नभएर समग्र नेपालीहरुलाई सहयोग गर्दै आईरहेको भन्दै खुलेर चर्चा गरे ।
कार्यक्रममा राज गुरुङ, सरु गुरुङ, उर्मिला लामा, जोनी आङ्देम्बे, सुमी केसी, देब घिमिरे, गङ्गा बस्नेत, दिपेन्द्र सुनार लगायतका कलाकारले आ-आफ्नो प्रस्तुति राखेका थिए । त्यस्तै समाजले संचालन गरेको एम्बुलेन्स अभियान तथा सस्थालाई विभिन्न समयमा सहयोग पुराउने व्यक्तित्वहरुलाई विशेष सम्मान गरेको छ । साथै सोहि अवसरमा पत्रकार तथा कलाकाहरु पनि सम्मानित भएका थिए ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष एवम चौथो साधारणसभाका सभापति परियारले कार्यक्रम सफल बनाउन अमुल्य योगदान दिनुहुने सम्पूर्ण प्रति विशेष धन्यवाद दिदै सभालाई पुर्णता दिनु भएको थियो ।