शितगंगा नगरपालिका ७ को आयोजनामा नगर स्तरीय भलिवल प्रतियोगिता (तस्बिर सहित)

गणेश बेल्बासे संगम 
शितगंगा, अर्घाखाँची ११ चैत्र । शितगंगा नगरपालिकाको आर्थिक सहयोग र वडा नं.७ को आयोजनामा नगर स्तरीय भलिवल प्रतियोगिताको उद्‌घाटन शितगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले गर्नु भएको छ । 
जस खेलको उदघाटन गर्दै शितगंगा नगर प्रमुख सूर्यप्रसाद अधिकारीले स्वास्थको लागि खेल अनिर्वाय रहेको बताउनु भएको छ । स्थानिय स्तरमा रहेका खेल प्रेमी युवाहरुलाई प्रोत्साहन गरी खेल प्रति अभिरुची जगाई प्रोप्साहन गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका उप प्रमुख एवम् विशिष्ट अतिथी ऋषि बहादुर पुलामीले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद रहेकाले खेल आवश्यक छ । यस समयमा खेलाडी एउटा राष्ट्रको गहना भएकाले खेलाडीहरुले अनुशासनमा रही खेल्न आग्रह गर्नुभयो ।
खेल संयोजक गिरी बैलालीले उक्त खेलमा ८ जना समुहले भाग लिएको बताउनु भयो ।
उद्‌घाटन सत्रको खेलमा वडा नं. ६ र वडा नं.२ को (क) समूह बिच खेल सुरु भएको थियो । खेल वाड नं ७ को भलिबल खेल मैदान लामातालमा भोली सम्म चल्ने आयोजकले बताएको छ ।
कार्यक्रममा वडा नं.४ का वार्ड अध्यक्ष दामोदर अधिकारी, जिल्ला वडा नं.७ का महिला सदस्य कमला परियार, नेकपाका नगर सदस्य देविराम घिमिरे, नेकपाका नगर सदस्य भुपाल सारु, नेपाली कांग्रेसका जिल्ला सदस्य जुन बहादुर पुलामी, शिनपा वास संयोजक नारायण पाण्डे, प्राविधिक विकास केसी, प्रकाश बेल्बासेभलिबल प्रशिक्षक गणेश थापा,  शितगंगा सेवा समाजका संयोजक जनक केसी लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष मोहन प्रसाद पन्थीको अध्यक्षता र सुनिता राउतको सञ्चालनमा सम्पन्न भएको थियो ।
खेलको माध्यमबाट स्थानिय खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्देश्यले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

अन्य समाचारहरु