डिल्ली कार्की
सन्धिखर्क, अर्घाखाँची चैत ११ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ बस्याल टोलामा जन्मिएर रुपन्देहीलाई कर्मथलो बनाएका नारायण बस्याल अहिले करोडौंको मालिक बन्नुको साथै राजनिती सामाजिक काममा निकै ब्यस्त देखिन्छन् ।
बस्याल अहिले अर्घाखाँची रुपन्देही लगायत ५ नम्बर प्रदेसका धेरै जिल्लामा कन्टक्सनको काम गर्ने गरेका छन । भने उनी अहिले नेपाल निर्माण ब्यबसायी संघ रुपन्देहीको जिल्ला सदस्य सन्धिखर्क नगरपालिका १२ नम्बर वार्डको सदस्य घोचु कन्टक्सनको प्रोपाईटर बस्याल अटो मोबाईल्सका डाईरेक्टर तथा सामाजिक चर्चित ब्यक्ति हुन ।
दु:खी जन्ताको सेवा गर्न अत्यान्तै मन पराउने बस्याले अब आफु सधैं सामाजिक काममा ब्यस्त हुने बताउदै जनताको काम गर्ने अभियानमा लागेको बताउछन । सानो उमेरमा नै रुपन्देहीमा चर्चित युवा निर्माण ब्यबसायी बनेका बस्याल धेरै सामाजिक कामहरुमा अग्रसर हुनुको बिकास निर्माणमा समेत महत्त्वपूर्ण भुमिका निर्भाहा गरेको स्थानियको बुझाई छ ।
बस्यालको अगुवाइमा अहिले डिभर्ना अर्घाखाँची सम्पर्क सदनका नाममा एम्बुलेस सन्चालन गरि बिरामीहरुको मर्का बुझेको भनेर निकै प्रसम्सनिय कार्य गरेको स्थानियले खुलेर प्रसम्सा गरेका छन ।
एम्बुलेन्सको केहि दिन अगाडि प्रदेश सासद चेतनारायण आचार्यले उदघाटन गरेका थिए । अर्घाखाँचीबासीहरुको मर्कालाई ध्यानमा राखि एम्बुलेन्स सेवा सबै सम्पर्क सदनका सदस्यहरुको पहलमा आफुहरुले सेवा दिन थालेको र सेवा दिदा आफुहरु हर्सित भएको उहाको भनाइ छ ।