सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची चैत ११ । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अब गर्लामकोटको पानी ल्याई सन्धिखर्कमा निकै सफा स्वच्छ खानेपानी ल्याउनका लागि प्रदेश सरकार सन्धिखर्क नगरपालिकाको लगानिमा काम सुरु गरिएको छ ।

काम सुरु भए पछि स्थानियले आफुहरुलाई पानी नपुग्ने भन्दै बिरोध गरेपछि त्यहाँका स्थानिय हकवाला किसानहरु सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा भएको भेलामा मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने खानेपानी डिभिजन पाल्पा अर्घाखाँचीका प्रमुख सिबमान श्रेष्ठ प्रहरी नायब उपरीक्षक नबराज मल्ल सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे २ का मोतिजग रायमाझी ९ का अध्यक्ष देब बहादुर रायमाझी १० का अध्यक्ष लक्ष्मिनारायण चुदाली मालारानी गाउँपालिका वार्ड नम्बर ५ का अध्यक्ष सोभाखर भुसाल, उधोग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ खानेपानी उपभोक्ता सरक्षण समितिका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ बरिस्ठ उपाध्यक्ष राम बहादुर रायमाझी सचिब कमल घिमिरे रामबहादुर रायमाझी ख बिस्नु क्षेत्री गोपाल पौडेल देब बहादुर केसी, खानेपानी सस्थाका कार्यालय प्रमुख कृष्ण आचार्य बसन्ता पौडेल लगाएत सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ र मालारानी ५ का स्थानिय सरोकारवालाहरुको उपस्थितिमा भेला भएको हो ।

भेलाले बिवाद समधान गर्ने गरि समिति निर्माण गरि छलफल गरि अगाडि बस्ने निष्कर्ष निकाले पछि अब सन्धिखर्कबासीले सफा स्वछ्व खानेपानी प्रसस्त खानेपानी खान पाउनुको साथै चर्को मूल्य तिर्न नपर्ने देखिन्छ ।