सुर्य भुसाल
खन, अर्घाखाँची । मालारानी गाउँपालिकाले यस बर्ष सहकारी मार्फत उखुको बिउ बितरण गर्ने भएको छ ।
मालारानी गाउँपालिकाका ९ वटै वडामा सहकारीको क्षेत्रबाट प्रतिनित्व हुने गरि मगंलबार गुल्मीको दिगाममा पुगेर उखुखेतिको अनुगमन गरेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
पालिका भित्र काम गर्ने किसानहरुलाई प्रबिधि ,सिप र बिउँपल हस्तान्तरण गर्ने समेत आचार्यले बताउनु भयो । पालिकाले सहकारी समूह मार्फ प्रतिनिधीमूलक रुपमा उखुखेतीको बारेमा प्रत्यक्ष अबोलकन गराउँदा प्रभाबकारी भएको मालारानी गाउँपालिकाका उपाध्यक्ष प्रमिला क्षेत्रीले बताउनु भयो ।
उखुखेतीको अबलोकन गरेपछि मालारानीमा पनि खेती गर्ने जागर पलाएको मालारानी ४ का स्थानीय भक्तिराम भुसालको भनाई छ । आज सहकारीको टिमले गुल्मीमा सञ्चालन भएको पैँचो पसलहरुको समेत अबलोकन गरेका छन । अब केही दिन भित्र मालाारानीका सबै वडाहरुमा पैँचो पसल सञ्चालन गर्ने गरि तयारी गरिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज मरासिनीले बताउनु भयो ।
पैँचो पसलमा स्थानीयस्तरमा उत्पादन भएका बस्तुहरुको खरिद बिक्रि गरिनुका साथै बस्तुहरुको साटासाट समेत गरिने मरासीनिले जानकारी दिनु भयो । गाउँपालिकाले किसानको उत्पादनलाई बजारीकरण गर्नको लागी मालारानीका वडाहरुमा हाट बजार समेत सञ्चालन गरेको छ ।