सन्धिखर्क नगरपालिकामा लोकसेवा शिक्षा सम्बन्धि तालिम संचालन

सुर्य भुसाल 
 
सन्धिखर्क, १२ चैत्र । सन्धिखर्क नगरपालिकाले आजदेखी लोकसेवा शिक्षा सम्बन्धि तालिम संचालन गरेको छ । 
अध्ययनमा सहयोग पुर्‍याउने तथा बेरोजगारी समस्यामा केही टेवा पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । सन्धिखर्क नगरपालिकाले आयोजना गरेको लोकसेवा शिक्षा सम्बन्धी १२ दिने तालिमको सन्धिखर्क स्थित सभाहलमा उदघाटन गर्दै नगरप्रमुख भुसालले दक्ष जनशक्ति उत्पादनका लागि सहयोग पुगोस भनेर लोकसेवा शिक्षा  सम्बधि तालिम नगरपालिकाले दिन लागेको बताउनु भएको छ । बेरोजगारी समस्या समधान गर्न नगपालिकाले विभिन्न खालका तालिम दिने गरेको बताउदै उहाँले नमुना नगरपालिका बनाउन आफुहरुको कसरत जारी रहेको स्पष्ट पार्नुभयो । 
कार्यक्रममा नगरपालिकाका  उपप्रमुख ठाकुर कुमार बिकले रोजगार मुलक र व्यवहारिक शिक्षा अहिले को आवश्यकता ठानेरनै लोकसेबा सम्बधि तालिम दिन लागिएको बताउनु भयो   । उहाँले तालिम अबधिभर मिहिनेतका साथ अध्ययन गरी तालिमलाई उपलब्धिमुलक बनाउन सहभागीलाई आग्रह गर्नुभयो । 
बेरोजगारी समस्या समधान होस भनेर नगरपालिकाको लगानी बाट यस्ता खालका स्वरोजगार हुने  खालका तालिम हरु सीप मुलक तालिम हरु लक्षित बर्गका तालिम हरु गराउन लागिएको बताउनु भयो ।कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल, शाखा अधिकृत गोबिन्द केसि लगायतको उपस्थिती रहेको थियोे  । तालिममा दर्जनौं प्रशिक्षर्थीको सहभागीता रहेको छ ।

अन्य समाचारहरु