अर्घाखाँचीमा स्वदेशी काठ कुहिएर नष्ट हुँदै, बिदेशी फेन्सी सामाग्रीहरुको प्रयोग बढी

सुर्य भुसाल 
 
सन्धिखर्क,  अर्घाखाँची १२ चैत्र ।  सरकारले समृद्ध नेपालको नारा घन्काईरहँदा स्वदेशी समानलाई भन्दा बिदेशी सामानलाई महत्व दिएको पाईएको छ ।
 हरेक कुरामा परनिर्भर हुँदै गएको नेपालले आफुसंग प्रसस्त भएका सामाग्रीहरु पनी उपभोग र परिचालन गर्न सकेको छैन । जल, जमिन र जरिबुटी नेपालको समृद्धिको मुख्य साधन हो । तर, पछिल्लो समय विदेशी सामग्रीको प्रयोग बढ्दै गएपछी स्वदेशी सामग्रीको महत्व कम हुँदै गएको हो । प्राकृतिक सम्पदाले भरिपुर्ण देश नेपालमा स्व:उत्पादन वस्तुहरुले ठाँउ पाउन छाडेका छन । जंगल र काठमा पनी नेपाल धनी छ । 
तर, विदेशी फेन्सी सामानले गर्दा नेपालका काठ व्यवसायी तथा उघोगी सप्लायर्सहरु धरासायी हुदै गएका छन । नेपालमा  उत्पादन हुने काठका सामग्रीभन्दा विदेशी उत्पादित आल्मनियमका सामानहरुले बजारमा जरा गाडेपछि स्वदेशमा उत्पादन भएका साल, सिसौ, सल्ला जस्ता काठबाट उत्पादित वस्तुहरु बिक्रि हुन छाडेका छन । काठ जंगलमै कुहिने तथा सडेर नष्ट हुने सम्भावना पनी देखिएको छ । 
अर्घाखाँचीमा यो समस्या जल्दोबल्दो बनेर आएको स्थानिय ब्यबसायी र सरोकारवालाहरुको गुनासो  रहेपनि त्यसलाई निरुत्साहित गर्न  कसैले पहल नगरेको नेपाल बन पैदावर उघोग ब्यबसायी संघ अर्घाखाँची का उपाध्यक्ष बिस्नु खनालले गुनासो गर्नुभयो । 
अर्घाखाँचीका  ठुल्ठुला सरकारी भबनहरुमा काठ प्रयोग नगरि आल्मनियम प्रयोग गर्ने गरिएको छ । साना सहरी बिकास मन्त्रालय अन्तरगत बनेका भबनहरु काठ विहिन छन । जिल्लामा निर्माण भएको सबैभन्दा ठुलो भबन जिल्ला अदालत अर्घाखाँची, खानेपानी तथा सरसफाइ डिभिजन भबन, जिल्ला सरकारि वकिल कार्यलय, राष्ट्रिय अनुसन्धान कार्यलय  लगायतका सहरि विकासले निर्माण  गर्न लागेका १ दर्जन  ठुल्ठुला स्वास्थ्य संस्था भबनहरु काठमुक्त भबन जस्तै छन । काठको खानि भएको जिल्लामा निर्माण हुने करोडौंका भबनहरु काठमुक्त हुनु दुर्भाग्य भएको सरोकारवालाले बताएका छन।  स्टिमेट गर्दानै काठलाई निषेध गर्दै आल्मनियम प्रयोग गर्नेगरि प्राविधिकले स्टिमेट गर्ने गरेका छन । घर निर्माण गर्दा स्थानियले सालकाठ खोजि खोजि लिने गर्दछन  तर सरकारि भबनहरु काठमुक्त हुनुले राज्य लाई अर्बौं रुपैयाँ घाटा हुने गरेको विश्लेषकहरु बताउँछन । स्थानिय तहहरुले पनि पछिल्लो समयमा घरहरु निर्माण गर्दा काठ भन्दा आल्मनियम प्रयोग बढि गरेको पाईएको छ । 
सालकाठ प्रयोग गर्न निकै कठिन छ । सर्वसाधारणले घरनिर्माण गर्दा  पाउने सहुलियत काठ ल्याउन निकै झन्जटिलो, अत्याधिक महङ्गो तथा  नबिकेका गुणस्तरहिन काठ हुनाले  त्यो काठ ल्याउन भालुको कम्पारो जस्तो छ । जनतालाई दिने सहुलियत काठ निर्माण व्यवसायीले समुहमा किनेको काठ भन्दा महङ्गो गरि राज्यले दिने गरेका कारण सहुलियत नाम मात्रको भएको घर निर्माणका लागि  निबेदन दिनेहरुले बताएका छन । बजारमा अहिले पनि काठको मूल्य चरम महङ्गो छ ।
अर्घाखाँची देशकै धेरै साल भएको जिल्लाको रुपमा पर्दछ । अर्घाखाँचीको शितगंगा नगरपालिका नेपालकै सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकाको ७० प्रतिशत भुभागमा प्रसस्त सालका काठहरु छ भने त्यहाँबाट सामुदायिक बनहरुले करोडौंको काठ बिक्रि बितरण गरि गाउँको बिकासमा ठुलो टेवा पुराउनुको साथै काठको आम्दानि बाट बेरोजगार युवा युवतीहरुलाई रोजगार दिने, राज्यले लगानी गर्न नसकेका ठाँउमा बिद्युत, खानेपानी, शिक्षा, बाटोघाटोमा सामुदायिक बनको आम्दानिबाट लगानि गर्ने गरेका छन भने कतिपय सामुदायिक बनको काठ बिक्रिबितरण हुन नसक्दा करोडौंको काठ नष्ट हुने अवस्थामा छ ।

अन्य समाचारहरु