ठाडामा विभिन्न निर्णय गर्दै शितगंगामा नगर स्तरीय प्रअ भेला सम्पन्न

गणेश बेल्बासे संगम  
 
ठाडा चैत्र १२ अर्घाखाँची। अर्घाखाँचीको शितगगां नगरपालिकामा आज नगरस्तरीय  प्रअ भेला ठाडामा सम्पन्न भएको छ ।
कार्यक्रममा नगर क्षेत्र भित्रका विद्यालयहरुमा शैक्षिक सत्र २०७५ मा भए गरेका शैक्षिक गतिविधिहरुको समीक्षा तथा आगामी शैक्षिक सत्र २०७६ मा विद्यालयको प्रभावकारी संचालन व्यवस्थापन, आगामी सुधार कार्ययोजना तय, नतीजा प्रकाशन, सिकाइ उपलब्धी विश्लेषण तथा लक्ष्य निर्धारण, विद्यार्थी भर्ना अभियान संचालन, शिक्षक का।स।मु।, अगुवा विद्यालयमार्फत विद्यालयहरुको अनुगमन निरिक्षण एवं समन्वय एवं वाल मैत्री शिक्षण सिकाइ संचालन गर्ने लगाएतका विषयमा छलफल तथा निर्णय समेत गरिएको थियो । 
कार्यक्रममा शितगंगा नगरपालिका अन्तर्गतका निवर्तमान स्रोत व्यक्ति निमान्नद भुसाल, खडानन्द भुसाल, गिरी ब।थापा, कृष्ण प्रसाद पौडेल नगर भित्र सञ्चालन भएका ११० आधारभूत र माध्यामिक विद्यालयका  प्रअ तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा शितगंगा नगर प्रमुख एवम् प्रमुख अतिथी सूर्य प्रसाद अधिकारी, नगर उपप्रमुख टिका बहादुर रेश्मी, कार्यकारी अधिकृत नारायण भण्डारी, नेपाल शिक्षक संघको तर्फ देखि कृष्ण प्रसाद पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट नेत्र प्रसाद पोख्रेल, १४ वडाका लिडर विद्यालयका प्रअ लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम शितगंगा नगर शिक्षा शाखा अधिकृत माधव बन्जाडेको अध्यक्षता, शितगंगा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आतिथ्यता, उपप्रमुख टिका रेस्मी र कार्यकारी अधिकृत नारायण भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन  निवर्तमान स्रोत व्यक्ति गिरी बहादुर थापाले गर्नु भएको थियो । 

अन्य समाचारहरु