श्याम घिमिरे
सन्धिखर्क चैत्र ११ अर्घाखाँची – महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले सन्धिखर्कमा सोमबार अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
सन्धिखर्कको होटल डाएमण्डमा सम्पन्न कार्यक्रममा लिमिटेडका प्रदेश प्रमुख अर्जुन गिरीले बिमा मानव जिवनको लागि अत्यावश्यक रहेको बताए । उनले बिमा र मानव जीवन एक अर्काको परिपुरक जस्तै भएकोले घरघरमा पुगेर बिमाको वारेमा शिक्षा दिन अभिकर्ताहरुलाई आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा बिमाका ट्रेनर सुबाश केसीले अभिकर्तालाई बिजनेस प्रशिक्षण दिएका थिए । करीव ३० जना अभिकर्ताको सहभागिता रहेको कार्यक्रम, ब्रान्च म्यानेजर जागृत केसीको अध्यक्षतामा सम्पन्न भएको हो । महालक्ष्मी ईन्स्योरेन्सले अर्घाखाँचीमा केहि महिना अगी काम सुरु गरेको हो ।