भुमिकास्थान ५ र ६ मा ३ दिने स्थगल बाख्रा पालन पोषण तालिम शुरु

अनिल नेपाली
नुवाकोट, चैत १२ अर्घाखाँची । भुमिकास्थान नगरपालिकाको वडा न ५र ६ मा आज एक कार्यक्रमका बीचमा ३ दिने स्थगल बाख्रा पालन पोषण तालिम को नगर प्रमुख रेशम थापाले एक कार्यक्रमका बीचमा उद्घाटन गर्नुभएको छ । 
कार्यक्रमका उद्घाटन गदै नगर प्रमुख थापाले बाख्रा पालन व्यबसायलाई व्यबसायीक रुपमा अगाल्न सकेमा कृषकको आयआर्जनमा समेत बृद्धि हुने बताउँदै व्यबसायीक रुपमा बाख्रा पालन व्यबसाय अगाल्नको लागि आग्रह गदै व्यबसायीक रुपमा बाख्रा पालन गर्ने कृषकको लागि नगरले उल्लेखनीय रुपमा सहयोग गर्ने बताउँदै कम र थोरै लगानीबाट सुरु गरी व्यबसायिक रुपमा अगाल्न सकिने भएकोले बाख्रा पालन व्यबसाय उत्तम भएको बताउनुभएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्बासे मन्तब्य राख्दै बाख्रा पालन व्यबसायलाई परम्परागत रुपमा पालिने व्यबसायलाई व्यबसायिक र बैज्ञानिक बनाउनुपर्ने बताउनुभएको थियो कार्यक्रम निम ब बस्नेतकोे अध्यक्षता बलराम पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा उल्लेखनीय मा कृषकको सहभागिता रहेको र कार्यक्रम ३ दिन सम्म चल्ले जनाइएको छ ।
यसैबीच भुमिकास्थान नगरपालिकाको वडा न ५ मा दलित महिलाको लागि सिलाईकटाई एक कार्यक्रमका बीचमा सम्पन्न भएको छ कार्यक्रम नगर प्रमुख रेशम थापाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको थियोे कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख थापाले सीप मानिसको गहना भएकोले सीप अनुशासित मर्यादित रुपमा सिकेमा मानिसको जीवनस्तरमा फरकपना आई आयआर्जनमा समेत बृद्धि हुने हुदा अनुशासित रुपमा सिक्नका लागि आग्रह गर्नुभएको थियो कार्यक्रममा दजनौ महिलाको सहभागिता रहेकोे थियो कार्यक्रम वडा अध्यक्ष तुल्सीराम बेल्बासेको अध्यक्षता मदन बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्य समाचारहरु