गोपाल भट्टराई
चैत्र १२ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा निकटको अनेम संघ भुमिकास्थान ८ को वडा अध्यक्षमा आशा के.सी.निर्वा्चित हुनुभएको छ ।
अनेमसंघ अर्घाखाँचीको सहजीकरणमा आज सम्पन्न भेलाले अध्यक्ष के.सी.को नेतृत्वमा १५ सदस्यिय वडा समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा गिता आचार्य,सचिव सरिता भुसाल,सह–सचिव जमुना खत्री र कोषाध्यक्षमा अस्मिता आचार्य चयन हुनुभएको छ ।
मनकला आचार्यको अध्यक्षता,आशा के.सी.को स्वागत मन्तव्य र शान्ता पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा अनेम संघ जिल्ला सदस्य लिला भुसाल र राष्ट्रिय जनमोर्चाका नेता शशिधर खत्रीले मन्तव्य राख्दै महिलाहरुको सक्षमतामा कमी र पिडकलाई शक्तिको भरमा बचाउ गर्ने परिपाटी हावी भएकोले लैङ्गिक हिंसा बढेर गएको बताउनुभएको छ ।
अपराधीलाई जो कसैले पनि मेरो मान्छे भनेर संरक्षण गर्नु बिडम्बना भएको भन्दै सबै पक्ष सचेत हुनुपर्नेमा उहांहरुले जोड दिनुभएको छ ।