अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वाड न. -१२,डिभर्नाकाे वार्ड कार्यालयमा स्थानीयले ताला खाेलीएकाे छ ।
सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर कुमार बिक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रहरी नायव उपरिक्षक नवराज मल्ल, पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल लगायकाे संयुक्त पहलमा वडा सदस्य र वडा अध्यक्ष तथा नगरपालिकाकाे बिचमा वार्ता गर्ने गरि ताला खाेलीएकाे हो ।
वडा अध्यक्षले जनसरोकारका बिषयहरु मनोमानी ढंगले आफुखुसी गरेको र बजेट बिनियोजन गर्दा पनि सहि तरिकाबाट नभएको भन्दै दुई वडा सदस्यकै उपस्थितीमा स्थानीयले तालाबन्दी गरेका हुन ।