सन्धिखर्कमा प्रगतिशील लेखक संघ नेपाल अर्घाखाँचीको दोस्रो अधिवेशन सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  प्रगतिशील लेखक संघ, नेपाल अर्घाखाँची शाखाको दोस्रो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । 
अधिवेशनले वुद्धिबहादुर रायमाझीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको गठन गरेको छ । जसको उपाध्यक्षमा कमलप्रसाद घिमिरे (मालारानी ९) सचिवमा कमल घिमिरे (पाणिनी गा.पा.) सहसचिव भेषबहादुर केसी, कोषाध्यक्षमा शोभासिंह ठकुरी, र सदस्यहरूमा तेजप्रकाश पाण्डे, बिजुला रायमाझी, जीवनारायण खनाल, हृदय भुसाल, टेकनारायण गैरे, पशुपति आचार्य, पुष्करनाथ आचार्य, भिमलाल आचार्य र सल्लाहकारमा कुलचन्द्र मरासिनी, पिताम्बर भट्टराई, नारायण शास्त्री, शालिकराम आचार्य, वुद्धिराम भुसाल, नेत्रप्रसाद ढुङ्गाना रहनुभएको छ । 
कार्यक्रममा प्रमुख अतिथी संस्थाका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्मा, विशिष्ट अतिथिमा ५ नम्बर प्रदेश सदस्य खेमराज शर्मा, बुद्धिराम गैरे, लुम्बिनी वाङ्मय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष पिताम्बर बन्जाडे लगायतले मन्तव्य राख्नुभएको थियो । 
समितिमा २ सदस्य पछि थप गरि १५ सदस्यीय कार्यसमिति बनाउने निर्णय गरिएको छ ।

अन्य समाचारहरु