अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न.५ का वार्ड कार्यालयले कृषित तर्फ किसानका लागि दिइने भनि खरीद गरिएको ५ वटा गाई मध्य ३ वटा गाई मात्र किसानलाई बितरण गरिएको छ ।
बिष्णु बन्जाडे,चुरामणि भन्डारी,पशुपति बन्जाडे वडा कार्यालयबाट अनुदान स्वरुप गाई पाएका छन । वाँकी २ वटा गाई मध्ये १ गाई वडा अध्यक्ष तुल्सीराम बेल्बासे र १ गाई वडा सदस्य शिब बन्जाडेले नै आफै राखेको स्थानिय बासिले गुनासो गरेका छन ।
वडा कार्यालयले कृषकलाई अनुदान स्वरुप गाइ खरिदका लागि रु ३ लाख छुटा्इएको थियो । सो रकमबाट किसानलाई थोरै भए पनि टेवा पुराउने उद्देश्यका साथ रकम बिनियोजन गरिएको थियो ।
वडा अध्यक्ष बेल्बासेले केहि समय अंगाडी खेलकुद मैदानमा काम गर्ने मजदुर रामु केसिले काम गरे बापत पाउनु पर्ने ज्याला माग्न जाँदा वडा कार्यालय मै वडा अध्यक्ष बेल्बासेले कुटपिट गरेका थिए सो घटनालाईजिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले मिलापत्र गराएको थियो ।
यतिबेला वडा अध्यक्ष बेल्बासे प्रति स्थानियहरु समेत असन्तुष्टी रहेका छन । उनले हरेक कृयाकलापमा पुर्वाग्राही राख्ने तथा आफ्ना कार्यक्रता पोच्छने काम मात्र गर्ने गरेको आरोप उनिमाथी लाग्ने गरेको छ । स्थानिय जनप्रतिनिधी भए पछि काम गर्न सजिलो हुने अपेक्षा गरेका स्थानियहरु वडा अध्यक्षको ब्यवहार पछि निरास बनेका छन ।
वडा अध्यक्ष बेल्बासेले सामाजिक काममा अरुलाइ कार्यबिधीका कुरा गर्ने तर आफुले भने ब्यापक उल्लघन गर्ने गरेका छन । जनप्रतिनिधी भएका ब्यती बिद्यालय ब्यवस्थापन समितीको अध्यक्ष हुन नपाउने भए पनि उनले स्थानिय जनप्रिय माबिमा ब्यवस्थापन समितीको अध्यक्षको पदबाट समेत राजिनामा दिएका छैन भने बिद्यालयमा समय समेत नदिने र पद पनि नछाड्ने गरेको स्थानियहरुको आरोप रहेको छ ।
उता वडा अध्यक्ष बेल्बासेले वडा बाट गाई बितरण भएको सत्य भएको जानकारी दिँदै शिब बन्जाडे लाई दिएको तर आफुले नराखेको बताउनु भयो ४ वटा मात्र गाई आएको एउटा आउन बाँकी रहेकोले लाने किषान तयार नभए आफै राख्ने बिचारमा रहेको बताउनु भयो । बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षको समय सकिएको बताउदै अब नँया समिती बन्ने बेल्बासेले बताउनु भयो ।