( प्रकासित मिती: २०७५ चैत्र १४, विहीवार)
प्रेम खड्का
डिभर्ना, अर्घाखाँची चैत्र १४ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नम्बर ११ को डिभर्नामा एकल महिलाहरुलाई बाख्रा पालनको लागी नगद रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालीकाको सिप तथा व्यवसायीक प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तरगत बिहिबार उपप्रमुख ठाकुर कुमार बिकले नगरपालीकाले एकल महिलाहरुलाई तनमनका साथ सहयोग गर्ने बताउनु भएको छ । एकल महिलाहरुलाई बाख्रा पालनको लागी नगद रकम हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै बिकले यस्तो बताउनु भएको हो ।
बिकले बाख्रा पालनबाट एकल महिलाको जिवन निर्वाहमा केही ईटा थपिने भन्दै हौसला स्वरुप रकम हस्तान्तरण गरेको बताउनु भयो । उहाँले डिभर्ना बाख्रापालनकोलागी उर्भर भूमि भएकाले व्यवसायीक रुपमा बाख्रापालन गर्न सबैलाई आग्रह समेत गर्नु भएको हो ।
वडाअध्यक्ष धुब्रराज आचार्यको अध्यक्षता र महिला बिकास शाखाकी पुष्पा भुसालको सन्चालनमा सम्पन्न कार्यक्रममा महिला बिकास शाखाकी प्रमुख बेलकुमारी परीयार,पत्रकार श्याम घिमिरे,जितेन्द्र खत्रि,वडासचिब कुलदिप पोख्रेल र स्थानिय एकल महिलाको तर्फबाट पार्बता आचार्यले मनतब्य राख्दै एकल महिलाहरुलाई गरीएको सानो सहयोगले व्यवसायीक बन्न प्रेरणा मिलोस भन्दै शुभकामना ब्यक्त गर्नु भएको थियो ।
वडाका २० जना एकल महिलाहरुलाई प्रति ब्यक्ती पाँच हजार रुपैयाका दरले जम्मा रु १ लाख रुपैया हस्तान्तरण गरीएको हो । यसअघि एकल महिलाहरुले नगरपालीकाले आयोजना गरेको ४ दिने बाख्रापालन व्यवसायीक तथा उद्योमसिलता तालीम समेत लिनुभएको थियो । रकम प्राप्त गरेपछी स्थानिय एकल महिलाहरुले बाख्रालाई माईति घरबाट लिएको चिनो भन्दा पनी मायाँ गरी पालनपोषण गर्ने बताउनु भयो ।