प्रेमनारायण आचार्य
सितापुर, अर्घाखाँची १५ चैत । अर्घाखाँचीको शितगंगा नगरपालिका वाड नम्वर २ सितापुर नेपानेमा ज्येष्ठ नागरिक सम्मान, शुन्य भयो घर पुस्तकको विमोचन र हिरामन छात्रबृति कोषको स्थापना कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय निमबहादुर ओलीद्धारा लिखित शुन्य भयो घर नामक पुस्तकको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख भुसालले नेपानेको विकासमा सबैले ध्यान दिनु पर्ने बताए । उनले नेपानेलाइ पर्यटकीय स्थलको रुपमा विकास गर्न सके सुपा देउरालीमा आएका पर्यटकलाइ गाँउमा भित्राउन सकिने बताए ।
पुस्तकका लेखक ओलीकि छोरी डाक्टर लक्ष्मी ओलीले स्थानीय जनप्रिय आधारभुत विद्यालयमा एक लाख ७५ हजार ५ सय २५ को छात्रबृति कोषको स्थापना गरेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क ७ का वडा अध्यक्ष प्रितमबहादुर थापा, शितगंगा २ का वडा अध्यक्ष गोबद्र्धन थापा, समाजसेवी यदु प्रसाद कास्यप लगायतले मन्तब्य राखेका थिए ।