नेपाल पत्रकार महासंघकाे ६४ औ स्थापना दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा प्रभातफेरि पश्चात् सन्धिखर्क अस्पतालमा रहेका बिरामीहरूलाई शुस्वास्थ्यकाे कामना सहित फलफूल बितरण कार्यक्रम सम्पन्न ।
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । नेपाली पत्रकारहरूकाे छाता संस्था नेपाल पत्रकार महासंघकाे ६४औ स्थापना दिवसकाे अवसरमा आज सन्धिखर्क बजारमा प्रभातफेरी का साथै जिल्ला अस्पताल अर्घाखाँचीमा रहेका बिरामिहरूलाई फलफूल बितरण कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीकाे अायाेजनामा सम्पन्न कार्यक्रममा अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारी , महासंघ प्रदेश सदस्य शाेभाखर पन्थी, प्रेम अाचार्य साहित्यकार कमल पाेख्रेलकाे विषेश अातिथ्यता रहेकाे थियोे ।
कार्यक्रममा जिल्लाका सञ्चारकर्मीहरूले उत्शाहित सहभागिता रहेको थियो ।