सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल तथा उपप्रमुख ठाकुर कुमार बिकका दुई बर्ष


सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका  प्रमुख तथा नेपाली काङ्ग्रेस अर्घाखाँचीका पुर्व सभापति कमल प्रसाद भुसाल सन्धिखर्क नगरपालिकाको उपप्रमुख र नेकपाका नेता ठाकुर कुमार बिक  उपप्रमुखमा २०७४ असारमा  बिजयी भएको दुई बर्ष  पुग्न लागेको छ ।  
नगरप्रमुख र उपप्रमुख  बनेदेखि सन्धिखर्कको समग्र बिकास निर्माणमा खटिनु भएका भुसाल तथा उपप्रमुखमा निर्बाचित बन्नु भएका उपप्रमुख ठाकुर कुमार  बिक  नेतृत्वको टिमले हराभरा सन्धिखर्क बनाउनका लागि खेलेको भुमिका निकै प्रसम्सनिय भएको नगरवासीको भनाइ छ । नगरपालिकाको बिकासलाई दुर्त गतिमा अगाडि बढाउने कार्य भएको छ । सन्धिखर्कको शान्ति बगैँचालाई आधुनिकरण बनाउने देखि लिएर बजारका विभिन्न ठाउँहरुमा पार्कहरु निर्माण भएका छन । धेरै बाटाहरु पिच भएका छन भने सन्धिखर्क नगरपालिका भित्र खानेपानीको समस्यालाई समधान गर्ने काम स्वरुप गर्लाम कोटको पानी ल्याने कार्यले तिब्रता पाएको छ । सबै ठाउँहरुमा बिकासको पहुच पुगेको छ ।
नगरपालिका भित्रका संरचना निर्माण हुने कार्य जारी छ भने वार्ड नम्बर १ को कार्यालय निर्माण भईसकेको छ ।  १० नम्बर वार्ड कार्यलय निर्माण जारी छ । भ्यु टाबर निर्माण भई रहेको छ । नालीहरु धमाधम बनेका छन ।  बाटाहरु बनिरहेका छन ।  स्वास्थ शिक्षा खानेपानी बिधुतका कामहरु भईरहेका छन । गाउँ – गाउँमा सीप मुलक रोजगार मुलक तालिम सन्चालन समापन भएका छन । महिलाहरुको आयआर्जनका लागि दुना टपरि मेसिन सन्चालनमा ल्याईएको छ । नरपानीमा रहेको गगासरोबरमा डुगा चलाउनका लागि प्रकिया अगाडि बढेको छ । एतिहासिक अर्घा दरबार हुदै मन्दिर परिसर जाने सिडि निर्माण सुपादेउराली खाची, किटेनि, फुदबाङ जोडने गौरबको बाटो निर्माण गरि सुपा देउराली आउने भक्तजन तथा प्रयटकहरुलाई छिटो छरितोका  लागि ९ किलोमिटर छोटो मोटरबाटो सन्चालन गरिएको छ । 
यस्तै युवा बेरोजगारी समस्या समधान गर्ने कृर्षि पशुपालन मार्फत आय आर्जन बढाउने उलेश्यले किसानहरुका लागि अनुदानमा  दुध कन्टेनर बितरण  हाते ट्याक्टर बितरण मौरीका घार बितरण,  दूध फ्रिज बितरण, बिउपल बितरण, विभिन्न जातका फलफुलका बिरुवा बितरण १ घर दुई बिरुवा लगाउजे अभियान घासको बीउ वास्तविक किसानहरुलाई सबै वार्डहरुमा बितरण गर्ने र कृर्षि पशुपालन मार्फत आर्थिक क्रान्ति गर्ने, सुपा देउराली आएका भक्तजनहरुलाई सन्धिखर्क हुदै चुत्राबेसी, सिद्दृेश्वर मन्दिर हुदै अर्घा भगवती माताको दर्शन गराउने कामलाई निरन्तरता दिने भईरहेको छ । 
साथै अस्पतालमा औषधीको अभाब हुन नदिनका लागि नगरपालिकाको बजेटबाट औषधी खरिद गरि सबै स्वास्थ्य संस्थाहरुमा पुराउने अनुगमन निरिक्षणलाई अगाडि बढाउने काम भएका छन । लामो समय देखि सन्धिखर्क नगरबासीले  नक्सा पास नपाउदा  निकै समस्या परेको थियोे, अहिले जनप्रतिनिधि आएपछि नक्सा पास सबैले पाएपछि बैकिङ कामबाट समेत बन्चित हुन परेन । लक्षित बर्गका कामहरु महिला लक्षित जनजाति लक्षित दलित लक्षित कार्यक्रमहरु निरन्तर भईरहेका  छन । जेष्ठ नागरिक सम्मान अपांगहरु दृष्टि बिहिनहरुलाई अति आबश्यक कपडा बलाङकेट बितरणहाट बजार ब्यबस्थापन गाडी पार्किङ सुपादेउराली आएका भक्तजनहरुका लागि सवारी साधन राख्न पार्किङको ब्यबस्था, कार्यालयमा नागरिक साहयता कक्ष नगरपालिकाको लगानिमा जिल्ला प्रशासनमा स्थापना कक्षको निर्माण समाधि-घाटहरुमा प्रतिक्षालयको ब्यबस्था गर्नुको साथै हाटबजार  ब्यबस्थापन ठाउँ- ठाउँमा पार्क निर्माण सार्वजनिक सरोकारका कामहरु सम्पन्न भईरहेका छन ।
यस्तै सन्धिखर्कमा छाडा गाईहरुको ब्यबस्थापन गरि नरपानीमा रहेको गौशालामा राखी ब्यबस्थापन गर्ने कार्य जारी छ । शिक्षा स्वाथ्य खेलकुद कृर्षिको बिकासलाई निरन्तरता दिने गरिएको छ । सन्धिखर्कलाई सफा सुन्दर बनाउनका लागि सरसफाई अभियान जारी रहेको छ । बेरोजगारीलाई रोजगारका लागि सहयोग पुगोस भन्ने उदेश्य स्वरुप  युवा युवतीहरुलाई नि:शुल्क लोकसेवा कक्षा,  नि:शुल्क शिक्षा सेवा कक्षा सन्चालन गरिएको छ ।
यसरी नगरपालिकाक‍ो बिकासलाई निरन्तरता दिई आगामी ५ बर्षमा   हराभरा  सन्धिखर्क नगरपालिका  बनाउनेमा सबैको साथ सहयोग भएमा कुनै कमि नहुने  महशुस  गर्दै बिकासमा तिब्र गतिले  लाग्ने सन्धिखर्क नगरपालिकाको योजना रहेको छ । 

Image result for सन्धिखर्क नगरपालिका विजयी arghakhanchi.com

अन्य समाचारहरु