हृदय भुसाल
सन्धिखर्क, अर्घाखाँची । बामपन्थी लेखकहरुको साझा संस्था प्रगतीशिल लेखक संघ अर्घाखाँचीको प्रथम बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
प्रथम वैठकले अधिवेशनको समिक्षा,धन्यवाद ज्ञापन,वार्षिक कार्ययोजना निमार्ण वैक खाता सञ्चालन गर्ने जस्ता महत्वपुर्ण निर्णय गरेका छ ।
बैठकले संघको ११ राष्टिय महाधिवेशन काठमाडौमा सहभागी हुन ५ जना जिल्ला प्रनिनिधी समेत चयन गरेका छ ।
वैठकले वुद्धि वहादुर रायमाझी,भेष वहादुर केसी, हृदय भुसाल, जिवनारायण खनाल र राम वसुलाई केन्दिय अधिवेशन प्रतिनिधीको छनोट गरेको उपाध्यक्ष कमल घिमिरेले जानकारी दिनुभएको छ ।
वैठकमा लुम्विनी वाङ्गमय प्रतिष्ठानका केन्दिय सदस्य हिम जिसी लेकाली जिल्ला अध्यक्ष पिताम्वर वन्जाडेको आतिथ्यता र सघका जिल्ला अध्यक्ष वुद्धि वहादुर रायमाझीको अध्यक्षता र उपाध्यक्ष कमल घिमिरेको सञ्चालनमा वैठक सम्पन्न भएको छ ।